समाचार

खुसीको खबर ! कोरोनाविरुद्धको ‘भ्याक्सीन’ नोभेम्बरसम्म सबै नागरिकलाई उपलब्ध हुने

काठमाडौं । कोरोना महामारीका कारण विश्व हैरान भएको छ । तर अहिले एउटा खुसीको खबर सार्वजनिक भएको छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको निधन भईरहेको बेलामा भ्याक्सिनका बारेमा खुसीको कुरा सार्वजनिक भएको हो । विश्वमा अझै पनि लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोनाको अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ । नेपालमा अहिले संक्रमित हुनेको संख्या उच्च छ । काठमाडौ उपत्यकामा डरलाग्दो तरिकाले संक्रमितको दर बढेको छ ।

यसैबीच चीनमा सेन्टर फर डिसीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का एक अधिकारीले नोभेम्बरसम्म कोरोनाविरुद्धको भ्याक्सीन आम नागरिकको लागि उपलब्ध हुने बताएका छन् ।

चीनमा कोरोनाका ४ भ्याक्सीनमाथि रिसर्च भईरहेको छ । यी सबैको ट्रायल अन्तिम चरणमा रहेको छ । यी मध्ये तीन वटा भ्याक्सीन भने अत्यावश्यक कर्मचारीमा प्रयोग गरिसकिएको छ । जुलाईबाटै यो कार्यक्रम शुरु गरिएको थियो ।

सीडीसीका चीफ बायोसेफ्टी एक्सपर्ट गुईझेन वूले सरकारी टिभी च्यानलमा भने, ‘मैले आफैँ नै अप्रिलमा एक ट्रायलमा भाग लिएको थिएँ, अहिलेसम्म यसको केहि साइड इफेक्ट छैन ।’

Related Articles

Back to top button