भिडियो

२ महिना अघि विवाह गरेकी पुष्पालार्ई देह त्याग गरेको भन्दै माइतीलाई समेत शव नदेखाएर हतारमा गरियो अन्त्यष्टि (भिडियो हेर्नुस्)

काठमाडौ । सिन्धुलीमा असोज १६ गते राति आफ्नै सलको पासो लगाई देह त्याग गरेकी भनिएकी १९ वर्षीया पुष्पा भुजेलको घटना रहस्यमय बन्दै गएको छ ।

कमलामाई नगरपालिका वडा नंं २ चियाबारी निवासी भुजेलले आफ्नै घरमा मृ त भएको अवस्थामा फेला परेकी थिइन् । भुजेलको माइतीलाई मध्यरातमा फोन गरेर देह त्याग गरेको जानकारी दिइएको थियो । तर माइती पक्षले भने उनले देह त्याग गरेको कुरा विश्वास गरेका छैनन् । माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन् ।

गएको असारको २७ गते चियाबारीका अमन भनेर चिनिने गोपी थापासँग भागेर प्रेम बिबाह गरेकी पुष्पाको शवलाई सिन्धुली अस्पतालमा माइती पक्षका आफन्तजनलाई देख्न र फोटोसमेत खिच्न नदिई पोष्ट मार्टमपछि लगेर अन्त्यष्टि गरिएको उक्त घटना रहस्यमयी भन्दै माइती पक्षले अनुसन्धान गर्न माग गरेका छन् ।

भागी बिहे गरेको ८२ दिनमा उनको रहस्यमय निधन भएको हो । उनी गर्भवती समेत रहेको पाइएको छ । घटनास्थल पनि रहस्यमयी देखिएको भन्दै माइती पक्षले घटनाको निष्पक्ष छानविनको माग गरेका छन् ।

पीडित पक्षले पोष्टमार्टमको समयमा शव हेर्न खोज्दा प्रहरी र केटा पक्षले हेर्न नदिएको र अन्त्यष्टिको समयमा पनि अन्तिम पटक शव हेर्छौं भन्दा अवरोध गरेको युवतीका दाजु पवन भुजेलले बताए । बहिनीको पेटमा रहेको बच्चालाई पुर्नका लागि गाउँलेले खा ल्डो खनेको र पछि थप समस्या हुने आशंका गरेर न चि री केटा पक्षले घा टमा लगेर ज ला एको पवनको आरोप छ ।

Related Articles

Back to top button