समाचार

कोरोनाबाट मृतक लाशको आँखा लगायतका अंग नै गायब भएको देखिएपछि हंगामा !

काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित मृतकको लाशलाई निक्कै ध्यान दिइन्छ । भाइरस फैलिन्छ भनेर निक्कै पटक प्लास्टिकले बेरिन्छ । तर भारतको इन्दौरको एक अस्पतालमा सबै चकित हुने खबर आयो । जहाँ कोरोना भाइरसबाट ८७ बर्षीय व्यक्तिको निधन भयो ।

लाशलाई अस्पतालले निक्कै दर्बिलोसँग प्याक गरेको थियो । तर लाश घरमा लाशलाई मुसाले कोतरिदियो । त्यो देखिपछि मृतकका परिजार र आफन्छले हंगामा मच्याए । अस्पताल प्रशासन र चिकित्सकमाथी मृतकका परिवारीले गम्भीर आरोप लगाए । जानकारी अनुसार इन्दौरको यूनिक हस्पिटलमा यस्तो घटना भएको हो ।

त्यहाँको विनय नगर जन कोलोनीमा रहने एक बृद्धको चार दिन पहिलेदेखि उपचार भइरहेको थियो । उनी आइतबार बिहानसम्म ठिकठाक थिए । तर अस्पतालले अचानक सूचना दियो की उनको त मृत्यु भइसक्यो । परिवारलाई स्वास्थ्य सुरक्षा अपनाउँदै अन्तिम संस्कारका लागि लाश बुझाउन अस्पताल बोलाइयो ।

तर लाश प्याक गरिएको कभर सबै फाटेको देखियो । त्यसपछि शुरु भयो हंगामा । परिवारले जब लाश लिन अस्पताल पुगे । लाशको अवस्था देखेर हंगामा शुरु हुन्छ । लाशको कान, आँखा, नाक, औला नै मुखाले खाएको देखिन्थ्यो । अस्पताल प्रशासनले लाशलाई सही तरीकामा नराखेका कारण यस्तो भएको स्वीकार गरेको छ ।

परिवारले आरोप लगायो की अस्पलले करीब एक लाख रुपैयाँ लिएपछि लाश परिवारलाई बुझाएको छ । यस्तो देखेपछि परिवारले लाश लिन अस्वीकार गरेका छन् । त्यसपछि यो विषय प्रहरीकोमा पुगेको छ ।

इन्दौरका कलेक्टर मनीष सिंहले मजिस्ट्रियल जाँचको आदेश दिएका छन् । साथै स्वास्थ्य विभागले अस्पताललाई सर्तक रहन आदेश जारी गरेको छ । अस्पतालका सञ्चालक डाक्टर प्रमोद नीमाले मृतकका परिवारसँग माफी मागेका छन् । अस्पतालले उपचार वापत लिएको सबै रकम फिर्ता गरेको छ ।

तपाईलाई बताउ की इन्दौरको एमवई अस्पतालमा यही महीना यस्ता लापरवाही दुई पटक भन्दा बढी भइसकेको छ । अस्पतालको गम्भीर कमजोरीका कारण अरुपनि केही लाशको बेहालत भएको थियो । समाचार स्रोत

Related Articles

Back to top button