समाचार

ढाड सेकिने गरी अकासियो तरकारी मूल्य : सय रुपैया घटीको तरकारी नै छैन बजारमा

काठमाडौँ – कोभिड–१९ का कारण रोजगारी र आम्दानी गुमिरहेका बेला आम उपभोक्तालाई अर्को पिरलो थपिएको छ।

कोभिडबाट जोगिन शक्तिवद्र्धक तरकारी तथा फलफूल खानुपर्छ। तर भाउ अचाक्ली बढेपछि न्यून आम्दानी हुनेले दिनहुँ तरकारी किनेर खान कठिन भएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

अहिले बजारमा अधिकांश तरकारीको भाउ किलोको सय रुपैयाँमाथि पुगेको छ। कोभिड–१९ का कारण पर्याप्त उत्पादन नहुँदा तरकारीको मूल्य एक महिनामै तीन सय प्रतिशतसम्म बढेको हो।

वर्षा सकिएर हिउँदे तरकारी उत्पादन हुने सिजन सुरु भए पनि अधिकांश तरकारीको मूल्य बढेपछि उपभोक्ता चिन्तित छन्।

Related Articles

Back to top button