समाचार

दुःखद खबर; झापामा कोरोनाले दुई महिने शिशुको मृ,त्यु..

काठमाण्डौं । कोरोनाले एक शिशु लगेको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा कोरोना पुष्टि भएका कारण एक जना शिशुको ज्यान गएको हो । भद्रपुर–८ का दुई महिने शिशुमा कोरोना भाइरसको पुष्टि भएको थियो ।आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेको तीन घण्टापछि कोरोनाको रिपोर्ट आएको थियो । शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो ।शिशुमा कोरोनाको लक्षण देखा परेपछि दिउँसो १२ बजे स्वाब संकलन गरिएको थियो । स्वाब लिएको ६ घण्टाभित्रै शिशुको उपचारको क्रममा निधन अस्पताल प्रशासनले जनाएको छ ।

Related Articles

Back to top button