भिडियो

नकुलका घरपरिवारको पोल खुल्ने डरले अन्तरबार्तामै भयो ल’फडा, बास्तबिकता बोल्छु भनेर आएकी तृष्णालाई हप्काउदै लगियो (भिडियो)

काठमाण्डौ – भारतको केरालामा कुमार कार्कीका साथमा फेला परेकी अनुपा अधिकारी र उनका दुई छोरी सहितलाई अहिले नेपाल ल्याइसकिएको छ । जव अनुपालाई दुई छोरी सहित नेपाल ल्याइयो त्यसपछि केही नयाँ कुराहरु पनि बाहिर आएका छन् । अनुपा र नकुलको जेठी छोरी तृष्णाले आमा त्यसरी कुमार कार्कीसंग भाग्नुपरेको बाध्यताका बारेमा केही कुरा बताएकी छन् । कुमार र अनुपा नेपालवाट भारत गएपछि अनुपाका बारेमा निकै नकारात्मक कुरा बाहिरिएका थिए । मिडियामा नकुलका एकोहोरो कुरामात्र बाहिर आएका थिए ।

तर अहिले अनुपा र उनका दुई छोरी पनि नेपाल आएपछि भने केही रहस्य खुलेका छन् । नकुलले अत्याधिक शंका गर्ने र यातना दिने गरेका कारण अनुपाले यस्तो निर्णय लिन बाध्य भएको छोरीको भनाई छ । उनले भनिन्, ड्याडीले ममीलाई फोन गरेर स्याङ्जाबाट तँलाई भेट्न धेरै मान्छे आएका छन्, मैले मान्छे पठाएको छु भन्नुभयो । अनि ममी निकै डराउनुभयो । अनि कुमार अंकललाई फोन गर्नुभयो । ड्याडीले त्यस्तो भनेपछि म डराएर रुन कराउन थालेंँ । ममीले मलाई सान्त्वना दिँदै कुमार अंकललाई फोन गर्नुभयो । ममीले आफैले कुमारलाई बोलाउनुभएको हो । सावित्रि अन्टी र ड्याडीले ममीको बे’इ’ज्जत गर्नुभएको थियो । अनि ममीले कुमार अंकललाई फोन गरेर अब तैंले मलाई लैजानै पर्छ नत्र म तेरो घरमा गएर झु’ण्डि’ए’र म’र्छु भन्नुभयो ।

अनुपाले त्यसरी ध’म्की दिएर अनुपाले बोलाएपछि कुमार विदेशवाट आएको छोरीको भनाई छ । कुमारको श्रीमती सावित्रीले पनि अनुपाको दाजुभाई र आफन्त सबैलाई फोन गरेर अनुपाको चरित्रको बारेमा नकारात्मक कुरा गरेका कारण ममी बाध्यतामा परेर त्यस्तो निर्णय लिनुपरेको छोरीको भनाई छ । कुमारसंग भारतको केरला पुगेकी अनुपालाई त्यहाँवाट ल्याएर तनहुँ स्थित प्रहरीको जिम्मा लगाइएको छ । अहिले अनुपा र कुमार प्रहरी हिरासतमा छन् । आफुले विदेशमा कमाएको सम्पत्ती र छोरीहरु समेत लिएर कुमार कार्कीसंग भागेकी अनुपालाई भारतको केरलामा फेला पारिएको थियो । उनीहरुलाई केरलावाट ल्याएर नेपालमा प्रहरीको जिम्मा लगाइएको हो ।

नेपालमा आएपछि बुवाको साथमा घरमा आएकी नकुलको जेठो छोरीले भने बुवाले दिएको तनावका कारण आमा अनुपाले घर छोडेको बताएकी छन् । उनले आफ्नै अगाडी बुवाले आमालाई फोन गरेर निकै घृुणित शब्द प्रयोग गर्ने गरेको बताएकी छन् । म होमवर्क गरेर बसीरहेकी थिएँ ड्याडीले फोन गर्नुभयो, अनि कान्छी छोरीलाई का’टे’र तीन टुु”ुक्रा पार्दिन्छु भनेर ध’म्क्या’उनुभयो, बाबु नकुलकै अगाडी छोरीले भनिन् ।

उनले ममी मामाघर समेत जान नपाएको छोरीको भनाई छ । उनले मिडियामा यति कुरा भनिरंदा तृष्णको हजुरआमा आएर नातिनीलाई लिएर गएकी छन् । अन्तरवार्तामा तृष्णाको ता’नाता’न भएको छ । सासुले भने बुहारीको कृयाकलापका कारण छोराले त्यस्तो ब्यवहार गरेको भनाई छ । नेपालवाट दुई छोरी लिएर कुमार कार्कीका साथ हिडेपछि उनका पतिले करिब एक महिना देखि उनीहरुको खोजि सुरु गरेका थिए । प्रहरी र मिडियाको सहयोगमा उनीहरु केरलामा बसेको भन्ने सूचना पाएपछि टोली केरला पुगेको थियो ।

ड्याडीले विदेशवाट पठाएको पैसा राख्ने मैले आफै हो छोरीले भनिन् ड्याडीले मिडियामा महिनाको ७५ हजार रुपैया पठाउँथे भन्नुभएको छ तर त्यो सबै झुट हो । ड्याडीले पठाएको पैसा गनेर राख्ने मै हो २५ हजार भन्दा बढी पैसा कहिल्यै पठाउनुभएको छैन । ममीले घरको किस्ता तिर्न र हामीलाई पढाउने पैसा नपुगेर ऋण लिनुभएको हो ।

Related Articles

Back to top button