समाचार

एकाबिहानै खुशीको खबर,नजिकै आउंदै गरेको महान चाड दशैँमा अब घरदेखी टाढा रहेका नेपालीहरु घर जान पाउने

यातायात व्यवसायीले जसरी पनि यातायातका साधन सञ्चालनमा ल्याउने बताएका छन् । सरकारले असोज १ बाट लामो दूरीका सवारी सञ्चालन गर्ने निर्णय गरे पनि अन्योलपूर्ण अवस्था कायमै रहेका बेला व्यवसायीले यस्तो दाबी गरेका छन् ।कोरोनाका कारण देखाउँदै सरकारले पटकपटक लामो दूरीका सवारी सञ्चालन गर्ने समय सार्दै आएकाले पनि व्यवसायी सरकारको कदममा ढुक्क छैनन् ।

अब पनि रोक लगाए त्यसलाई नमान्ने र जबर्जस्ती सवारी चलाउने व्यवसायीको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीनवटै मजदुर ट्रेड युनियनसहितको टोलीले बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेका छन् ।भेटमा व्यवसायीले असोज १ बाट सवारी चलाउने वातावरण बनाइदिन माग गरे । ६ महिनादेखि सार्वजनिक सवारी घर, ग्यारेज र बसपार्कमा थन्किएकाले कतिपय सवारी चलाउनै नसकिने गरी बिग्रिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको दाबी छ ।

व्यवसायीलाई बिमा र बैंकले किस्ता तिर्न ताकेता गरिरहेका छन् । चैत ११ देखि सवारी ठप्प भएकाले आम्दानी छैन । जसले गर्दा किस्ता तिर्न सक्ने अवस्था नभएको व्यवसायी बताउँछन् । कतिपय गाडीका इन्जिन बिग्रिएको र टायरसमेत ड्यामेज भएका छन् ।सरकारले यातायात श्रमिकलाई राहतका नाममा एक गेडो चामल पनि उपलब्ध नगराएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले गुनासो गरे ।

दैनिक काम गरेर छाक टार्ने श्रमिक धेरै रहेको उनले बताए । सरकारसँग पटकपटक राहतका लागि याचना गरे पनि केही सुनुवाइ नभएको उनको भनाइ छ ।श्रमिकले भोगेका पीडाबारे यातायात व्यवस्था विभागमा जानकारी गराएको उनले बताए । यता विभागका महानिर्देशक हमालले व्यवसायीका माग जायज रहेको प्रतिक्रिया दिए । यात्रुवाहक र मालवाहक सवारीमा १० खर्ब रुपैयाँ लगानी छ । बैंकको लगानी मात्र ७० देखि ८० प्रतिशतसम्म रहेको यातायात व्यवसायी बताउँछन् । यस क्षेत्रमा २१ लाख रोजगार छन् । त्यसमध्ये प्रायः यति बेला बेरोजगार छन् ।देशभर यात्रुवाहक सवारीको संख्या साढे ३ लाख छ ।

Related Articles

Back to top button