समाचार

दशैँमा घर जानेहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने

दशैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने भएको छ । तनहुँ जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँको आज बसेको बैठकले कोभिड–१९को जो’खिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।

चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने हुँदा कोभिड–१९ को जो’खिम बढ्ने भएकाले त्यस्ता व्यक्तिको वडास्तरसम्मै तथ्याङ्क राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको छ । त्यसका लागि स्थानीयस्तरमा गठन भएका अनुगमन समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

बैठकले प्रत्येक स्थानीय तहमा एम्बुलेन्सको आवश्यकता महसुस गर्दै त्यसको व्यवस्थापन गर्न स्थानीय तहलाई अनुरोध गरेको छ । ब्यास नगरपालिका–५ कालीभञ्जन गण (ई) मा राखिएको जनज्योति ग्राम सेवाको एम्बुलेन्स सम्बन्धित संस्थालाई फिर्ता गर्ने निर्णय भएको प्रजिअ आचार्यले जानकारी दिए ।

उनका अनुसार आइसोलेसनमा रहेका स’ङ्क्र’मितहरुको नेपाल सरकारको नीति वा अन्य कुनै कारणले भाइरस नेगेटिभ नआउँदै बहिर्गमन गर्दा घरपरिवारका सदस्यको रोहवरमा स्थानीय जनप्रतिनिधिको जिम्मा लगाएर मात्र बहिर्गमन गराउने निर्णय भएको छ ।

त्यस्तै,प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ। प्रभु बैंकका प्रमुख संचालन अधिकृत रश्मि पन्त र खल्तीका निर्देशक अमित अग्रवालले काठमाडौंको बबरमहल स्थित बैंकको प्रधान कार्यालयमा आयोजित समारोहमा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।

यस साझेदारी अनुसार प्रभु बैंकका देशभरका ग्राहकले मोबाइल बैंकिग र इन्टरनेट बैंकिंग सेवाको उपयोग गरेर आफ्नो खल्ती वालेटमा नगद लोड गर्न सक्नेछन् । खल्तीमा लाेड गरिएको रकमबाट यसकाे प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयाेग गर्न सक्छन् ।

यस सहकार्यले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्‍याउने अपेक्षा प्रभु बैंक र खल्ती डिजिटल वालेटले गरेका छन्। प्रभु बैंक नेपालका क बर्गकाे बैंकमध्ये एक हाे । बैंकले आफ्ना २०८ शाखा, ४६ एक्सटेन्सन काउन्टर र १५५ एटीएम नेटवर्कबाट बैंकिग सेवा प्रदान गरिरहेकाे छ । बैंकका १४ लाखभन्दा बढी ग्राहक छन्।

सम्झाेता अनुसार बैंकले स्प्यारो पेलाई भिएम (भर्चुअल मेसिन) उपलब्ध गराउने छ । जसबाट बैंकको अनलाइन वा अफलाइन बैंकिग माध्यमबाट खल्तीमा रकम लोड गर्न सकिने छ । स्प्याराेलले बैंकका विभिन्न माध्यमहरू बैंक बाइन्डिग (बैंक खाता लिंक गर्ने) , ई-बैंकिंग, मोबाइल बैंकिंग, बैंक स्मार्ट, बैंकिंग चेकआउट आदानप्रदानका लागि ‘लोड खल्ती’ सेवा उपलब्ध गराउने छ।

‘खल्ती’ डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो । ‘खल्ती’ वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथसाथै खल्तीबाट रेमिट्यान्स पाउन र पठाउन अनि कर्जाको फाराम समेत भर्न सकिन्छ । ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।

Related Articles

Back to top button