समाचार

आफुलाई को’रोना सं’क्रमण पुष्टि भएपछि कांग्रेस युवा नेता गगन थापाले गरे यस्तो ट्वीट

काठमाडौँ। कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई कोरो’ना सं’क्रमण भएको छ । असार १५ गते पार्टी कार्यालय सानेपामा गरिएको परीक्षणमा थापालाई को’रोना पुष्टि भएको हो । थापाले सामाजिक सञ्जालमार्फत आफूलाई को’रोना सं’क्रमण भएको जानकारी दिएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा बसेको पनि जानकारी दिएका छन् ।

त्यस्तै थापाले यसबीचमा आफ्नो सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन र कुनै स’मस्या आए स्वास्थ्यकर्मीसँग परामर्श गर्न पनि अनुरोध गरेका छन् । यसअघि कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि सामाजिक सञ्‍जालमार्फत आफूलाई को’रोना सं’क्रमण भएको जानकारी दिएका थिए ।

१५ गते कांग्रेस कार्यालयमा २ सय ४० जनाको परीक्षण गरिएको थियो । यसमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, उनीहरुका सचिवालयका सदस्य, सुरक्षाकर्मी र कार्यालयका कर्मचारी थिए ।

परीक्षण गरिएकामध्ये २०-२२ जनाको नतिजा आउन बाँकी रहेकाले सबैको नतिजा आएपछि आइतबार केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरी सार्वजनिक गर्ने तयारी पनि गरेको छ । १९ गतेका लागि बोलाइएको पार्टी केन्द्रीय समिति बैठकका लागि परीक्षण गराइएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत तीनै अंगका ६३ सुरक्षाकर्मीसहित केही उच्च पदस्थ व्यक्तिमा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

Related Articles

Back to top button