समाचार

विवाहको लागि डोली ठिक्क थियो तर १६ वर्षकी किशोरीको ला’स उठ्यो

काठमाडौ । सन्तानको भविष्यको चिन्ता हरेक अभिभावकलाई हुन्छ । उमेर बढ्दै गएपछि छोराछोरीको विवाह गरेर उनीहरुको संसार बसेको हेर्न चाहन्छन् । तर रुपन्देहीकी १६ वर्षकी किशोरीको निधनसंगै परिवारको त्यो सपना अधुरै भएको छ ।

मामाघरमा बस्दै आएकी किशोरीको ब ‘ला ‘त्का ‘र पछि ज्यान लिइएको छ । किशोरी संझा बाल्यकालदेखि नै आफ्नो मावली वृन्दावन नगरपालिका ४ का बैजनाथ साहको घरमा बस्दै आएकी थिइन्। संझा दुई भाई र दुई बहिनी मध्येकी जेठी हुन्।

उनको मामाघरकी हजुआमाको सपना उनको विवाह गरिदिने थियो । त्यसको लागि हजुरआमाले तयारी पनि गरेकी थिइन् । नातिनीको विवाहको सपना देखिरहेकी हजुरआमालाई नातिनीको अ’र्थी उठाउनु परेको छ

संझा बैजथानकी छोरी सुमित्राकी जेठी छोरी अर्थात नातिनी थिइन्। हजुरबुबा (नाना) बैजनाथ साहका अनुसार संझा सानै उमेरदेखि मावलीमै बस्दै आएकी थिइन्।

शुक्रबार बिहान खाना नै नखाइ उनी घाँस का ट् न गएकी उनी कहिल्यै फर्कन नसकिने गरी गइन् । शुक्रबार दिउँसो १२ बजेसम्म उन, घर नफर्किदा खोजखबर गर्दा नतिनीलाई कल्पना नै नगरेको अवस्थामा फेला पारेको हजुरबुबा बैजथानले बताए।

‘संझा सानैदेखि मामा घरमै हुर्केबढेकी थिइन् । उनलाई मावलीबाटै विवाह गरिदिने हाम्रो योजना थियो । तर अब त्यो सपना अधुरै रहने भयो’ दुखः पोख्दै हजुरबुबा बैजथानले भने, ‘दु ष्ट पा पी हरुले हामीबाट नातिनीलाई खो से । ती पा पी हरुलाई कहिल्यै भलो नहोस् । अपराधि पत्ता लगाई प्रहरीले कडा काबराही गरोस्।’ तस्बिर नेपालखबरवाट

Related Articles

Back to top button