समाचार

सरकार मस्त निद्रामा छ, जनताको कुनै चिन्ता छैन – गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद गगनकुमार थापाले सरकारलाई जनताको कुनै चिन्ता नभएको टिप्पणी गरेका छन् ।

उनले २० दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको उल्लेख गर्दै तर वर्तमान सरकार मस्त निद्रामा रहेको बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत सांसद थापाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्,‘२० दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।सरकार मस्त निद्रामा छ।सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा.केसीको जीवनरक्षाको,चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने।त्यसैले नागरिकतहबाट जहाँ छौं त्यहीँबाट भनौं-डा.केसीको जीवन रक्षा गर! सहमतिको पालना गर!”

Related Articles

Back to top button