समाचार

दुई वटा गाडीको नम्बर प्लेट एउटै, त्यो पनि मन्त्रीकै !

काठमाडौं– सामान्यतया चोरी तथा आपराधिक गिरोहले नम्बर प्लेट फेरेर आपराधिक गतिविधि बढाउने गरेको विषय नौलो होइन ।एउटै नम्बर प्लेट भएका सवारी साधान बेला बखत ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गरेको पनि पाइएकै हौ । हालै एउटै नम्बर प्लेट भएको दुई वटा सवारी साधानको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सरकारी गाडी एउटै नम्बर प्लेटको रहेको भन्दै पूर्व सचिव भीम उपाध्यायले फेसबुकमा लेखेका छन्– मन्त्री चढ्ने २ गाडीको प्लेट एउटै नम्बर ।पार्किङ गरी राखिएका दुई वटै गाडीको नम्बर प्लेटमा बा २ झ ३५३२ रहेको छ । मन्त्री चढ्ने गाडीको नम्बर प्लेट एउटै भएपछि सामाजिक सञ्जनालमा तस्वीर भाइरल बनेको छ ।

मन्त्री चढ्ने २ गाडीको प्लेट एउटै नम्बर ।

Gepostet von Bhim Upadhyaya am Freitag, 14. Februar 2020

Related Articles

Back to top button
Close