समाचार

कोरोनाका कारण डाक्टर सापकोटाको निधन : कर्णालीलाई अपूरणीय क्षति, बाँके शोकमा

काठमाडौ । कोरोनाका कारण बाँकेमा एक विशेषज्ञ चिकित्सकको निधन भएको छ । बिहीबार भेरी अस्पतालमा उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बरिष्ट डाक्टर हरि सापकोटाको निधन भएको हो । भेरी अस्पतालसँगै पश्चिमका तीनवटा प्रदेशमा रहेका अस्पतामा कार्यरत अधिकाशं चिकित्सक कोरोनाको जोखिममा रहेका छन् ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ निवासी चिकित्सक सापकोटाको निधनले बाँके शोकमा छ । चिकित्सकको निधन पछि भेरी अञ्चल अस्पतालले विज्ञप्ती जारी गर्दै कर्णाली प्रदेशलाई नै अपुरणिय क्षती पुगेको जनाएको छ । डायबेटिज र उच्च रक्तचापको समस्या भोगीरहेका उनलाई कोरोना पछि निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ । उनलाई प्लाज्मा थेरापी समेत गरिएको र कोरोना संक्रमितका लगि चलाइने औषधी समेत चलाइएको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

उपचारको क्रममा वहाँको स्वास्थ्यमा आशातित सुधार नभएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकोप्टर मार्फत थप सुविधा सम्पन्न ठाउँमा प्रेषण गर्ने हरसंभव प्रयास गरिएको भएतापनि अक्सिजन स्याचूरेसन निकै कम भएको हुँदा प्रेषणकै क्रममा कुनै दुर्घटना हुने संभावना देखि गर्न नसकिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । ५९ बर्षिय सर्जन डाक्टरसँगै अहिलेसम्म बाँकेमा १८ जनाको कोरोनाका कारण निधन भएको छ ।

Related Articles

Back to top button
Close