समाचार

काठमाडौका घरधनीलाई सरकारले गर्यो यस्तो आग्रह

काठमाडौं । काठमाडौका घरभेटीहरुले डेरामा बस्नेहरुलाई पिसिआर रिपोर्ट नल्याउँदा सम्म कोठामा बस्न नदिएको गुनासो आएपछि सरकारले पिसिआर रिपोर्टका लागि बाध्य नपार्न आग्रह गरेको छ । सरकारका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले घरधनी वा प्रतिष्ठानका मालिकहरुले आफ्ना कर्मचारी र भाडामा बस्नेहरुलाई पिसिआर रिपोर्टका लागि बाध्य नपार्न आग्रह गरेका हुन् ।

काठमाडौका घरधनीहरुले पिसिआर रिपोर्ट नदेखाउँदा सम्म कोठामा प्रवेश गर्न नदिएका कारण पिसिआर परिक्षण गराउनेहरुको भिड स्वास्थ्य संस्थामा लाग्ने गरेको छ । ज्ञवालीले स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत कसैलाई पनि पीसीआर परीक्षणका लागि बाध्य नबनाउन आग्रह गरेका हुन्।

‘अहिले काठमाडौंका घरवेटीले बाहिरबाट आएका डेरावाललाई पीसीआर रिपोर्ट नआइ घरभित्र पस्न नदिएको गुनासो आएको छ । सोमबार मन्त्रिपरिषद्का पछिल्ला दुई वटा बैठकका निर्णयहरु सार्वजनिक गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले कोरोना भाइरस महामारी नरोकिएको, कोरोना संकमितको संख्या बढी रहेकाले जोखिम कहिलेसम्म रहन्छ भन्ने पूर्वानुमान गर्न नसकिने बताए । उनले कोरोनाका जोखिम कायम रहेकाले सतर्कता अपनाएर दैनिकी संचालन गर्न आग्रह गरेका छन् । अब चाडवाडको समय आउँदै गरेकाले स्वास्थ्य सतर्कता कम नगर्न र विज्ञको सुझाव पालना गर्न ज्ञवालीले सबैसँग आग्रह गरे।

Related Articles

Back to top button
Close