समाचार

ओली सरकारले सात महिनापछि बल्ल गर्यो सबैलाई च’कित पार्ने य’स्तो ठुलो घोषणा !

काठमाडौँ, २०७७ असोज १२ गते। – गत चैत्र ११ गतेदेखि सरकारले घोषणा गरेको लकडाउनका कारण बन्द भएको मदिरा आयात सरकारले खोल्ने तयारी गरेको छ। लामो समयदेखि बन्द मदिरा आयात सरकारले खुला गर्ने तयारी अघि बढाएको हो । को’रोना भा’इरस सं’क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेसँगै सरकारले विदेशी मुद्राको सञ्चिती कम हुने ५० हजार डलरभन्दा महँगा गाडी,सबै किसिमका रक्सी, छोकडा, केराउ र मरिचको आयात रोकेको थियो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार अब म’दिराको आयात पनि खुला गर्ने विषयमा केही दिनमा मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भएको छ,दसैं अगाडि नै यो निर्णय हुन्छ। नेपालमा विदेशबाट महँगा म’दिरा भित्रिने र त्यसको असर विदेशी मुद्रा सञ्चितिमा पर्ने भन्दै आयात रोक्ने निर्णय भएको थियो।

मदिरा तथा म’दिराका क’च्चा पदार्थ गरी वार्षिक ५ अर्ब रूपैयाँभन्दा धेरैको आयात हुने गरेको छ। त्यसबाट सरकारले मासिक ५० करोड रूपैयाँको हाराहारीमा राजस्व संकलन गर्ने गरेको थियो। औद्योगिक प्रयोजनका लागि ल्याइने मरिचको आयात खुलिसकेको छ भने सरकारले निर्णय गर्नुअघि आयातको प्रक्रिया थालिएका केराउ र छोकडा पनि भित्रिन दिने निर्णय भइसकेको छ।

त्यस्तै,बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ग्राहक योजनामा २० प्रतिशत डाउन पेमेन्टमा पल्सर १२५ किन्ने सोच बनाएका ग्राहकले मासिक ८ हजार ८८७ रुपैयाँ किस्ता तिरेर किन्न सक्ने छन् ।कम्पनीले आज सार्वजनिक गरेको स्कीम अनुसार २० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले १६ प्रतिशत व्याजदरमा कर्जा प्राप्त गर्न सक्ने छन् ।

पल्सर १२५ को मूल्य २ लाख २६ हजार ९०० रुपैयाँ निर्धारण गरेर कम्पनीले बिक्री गर्दै आएको छ । यस्तोमा २० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले ४५ हजार ३८० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्छ भने १ लाख ८१ हजार ५२० रुपैयाँ २४ किस्तामा ति’र्नेगरि कर्जा लिन सक्ने छन् ।

कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा पल्सर १२५ दिने छ । बाँकी रकम ग्राहकले १७ किस्तामा ति’रिसक्नु प’र्ने हुन्छ ।३५ प्रतिशतभन्दा माथि डाउन पेमेन्ट गर्ने र नगदमै मोटरसाइकल किन्ने ग्राहकले भने नगद १० हजार रुपैयाँ नगद छुट पाउने छन् ।

Related Articles

Back to top button
Close