समाचार

बजारमा जति नै प्याजको भाउ आकाशीय पनि खान नछोड्नुस् किनकी प्याज खानाले यी रोगहरु निर्मुल हुन्छन्

काठमाण्डौ । प्याज एउटा त्यस्तो खाना हो जस्ले खानामा मिसाएर पकाउँदा त स्वाद दिन्छ नै साथै यस्लाई काँचै पनि खान सकिन्छ । जस्ले हाम्रो शरिरभित्रका रोगहरुलाई निर्मुल पार्ने काम गर्नुको साथै हामीलाई रोगप्रतिरोधात्मक क्षमता बृद्धिमा पनि सघाउ पुर्याउँदछ ।

प्याजलाई विशेषगरी तरकारीमा प्रयोग गर्ने गरिन्छ । यसलो तरकारीलाई मात्र नभई काँचै खादाँ समेत स्वाद बढाउने गर्दछ । लगभग सबै नेपालीको भान्सामा प्याजको प्रयोग हुन्छ । प्याजले खानाको स्वाद बढाउनुको अलावा स्वास्थ्यमा कैयौं फाइदा पुर्‍याउँछ ।

यसको नियमित सेवनले अनुहारमा नरमपन ल्याउनुका साथै आँखाको ज्योति बढाउँछ । यसमा भिटामिन सी, फलाम जस्ता बहुमुल्य खनिज पदार्थ तथा पोषक तत्व पाइन्छ । प्याजमा लगभग ११ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ । गर्मी मौसममा काँचो प्याज खादाँ लू लाग्ने सम्भावनाबाट बचाउँछ ।

काँचो प्याजको रसले पैतालमा र हातको हत्केलामा दल्दा लूबाट बच्न सकिन्छ । पत्थरीको समस्यामा खाली पेट दुई चम्चा काँचो प्याजको रस पिउँदा फाइदा पुग्छ । यसका साथै काँचो प्याजको पेस्त बनाएर कपालमा लगाउनाले कपाल झर्नबाट रोक्ने काम पनि गर्दछ ।

Related Articles

Back to top button
Close