समाचार

ओमानमा जान चाहने नेपाली श्रमीककोलागी खुशीको खबर, श्रमिकको संख्या बढाउन यस्तो गरिंदैछ तयारी

काठमाण्डौ । ओमानका श्रम मन्त्री डा. महद बिन सईद बिन अलि बाउइनले ओमानमा नेपाली श्रमिकको संख्या बढाउने बताएका छन् । ओमानको लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमानका श्रममन्त्री महद बिन सइदबीच आइतबार भएको भेटवार्तामा उनले नेपाली श्रमिकको प्रशंसा गर्दै नेपाली श्रमिकको संख्या बढाउने गरी अझै बढी सहकार्य गर्न ईच्छुक रहेको बताएका थिए ।

महमद बिन सईद ओमानका सुल्तानद्वारा नयाँ श्रममन्त्रीको रुपमा नियुक्त भएका हुन् । राजदूत पराजुली नयाँ श्रम मन्त्री भएर नियुक्त भएका बिन सईदलाई बधाइ दिन आइतबार उनकै कार्यकक्षमा पुगेकी थिईन् । श्रम मन्त्री महद बिन सईदले राजदूत पराजुलीलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै ओमानको परराष्ट्र नीति, श्रम नीति तथा जनशक्तिको अवस्था लगायत अब आउने दिनमा त्यहाँको श्रम मन्त्रालयले लिने नीतिहरुको बारेमा पनि जानकारी गराएका थिए ।

साथै राजदूत पराजुलीले बिन सईदलाई नेपाल र ओमानबीच हुने तयारी भएको श्रम सम्झौताको पछिल्लो अवस्थाबारे जानकारी गराएकी थिईन् । दुवै जनाले नेपाल र ओमानबीच हुने तयारीमा रहेको श्रम सम्झौताको अहिलेसम्मको प्रगतिको प्रशंसा गर्र्दै आगामी दिनहरुमा ओमानमा जान चाहाने नेपाली श्रमीकको संख्यामा बृद्धि गर्नकोलागी दुवै देशले कसरी तयारी गर्ने भन्ने विषयमा पनि छलफल गरेका थिए ।

Related Articles

Back to top button
Close