समाचार

एकाबिहानै ३ बजेर २२ मिनेटमा वुहानबाट १७५ नेपाली लिएर काठमाडौ आइपुग्यो जहाज

काठमाडौं, फागुन ४ । चीनबाट १ सय ७५ जना नेपाली लिएर काठमाडौंको लागि प्रस्थान गरेको जहाज काठमाडौं आइपुगेको छ।

वुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

वुहानबाट ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिनेछ। जहाजका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका-६, नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिनेछ।

Related Articles

Back to top button
Close