समाचार

टिप्परले ठक्कर दिंदा २ जना बिद्यार्थीको सडकमै निधन !

विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठ”क्करबाट दुई जना मोटरसाइकलमा सवार विद्यार्थीको आज निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको को १ ख ७३०९ टिपरले र सोही दिशातर्फ गइरहेको प्र २–०१–००१प १६०८ नं को मोटरसाइकललाई महानगर स्वागतद्वारस्थित ठक्कर दिंँदा दुई जनाको निधन तथा एक जना घाइते भएका छन् ।

निधन हुनेमा सप्तरीको पतरा निवासी २२ वर्षीय हरेराम साह र सिरहा जिल्ला सुखिपुरका १९ वर्षीय ओजिर रायन र सप्तरीको रुपनी निवासी २० वर्षीय धनराज यादव रहेको प्रहरीले जनाएको छ । तीन जना सवार मोटरसाइकल ओभरटेकका क्रममा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।

ती विद्यार्थी गोल्डक पार्क कलेजमा ओभरसिरयरमा अध्ययनरत रहेका छन् । घाइते यादवको प्रादेशिक (कोशी) अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना गर्ने चालक र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै मकवानपुरको मनहरीमा आज शनिबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको निधन भएको छ । निधन हुनेमा रूपन्देही धकदही गाउँपालिका –३ घर भएका २६ वर्षीय अकबर खान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख २३७ नम्बरको गोरु बोकेको ट्रक मनहरी गाउँपालिका–६ सुनाचुरीमा भएको सो दुर्घटनामा खानको निधन भएको हो । दुर्घटनामा रुपन्देही रोहनी गाउँपालिका–६ घर भएका ४० वर्षीय मकबुल महरु मुसलमान ग म्भीर घाइते भएका छन् । उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठले बताउनुभयो । ट्रक चालक र सहचालक फरार रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

त्यस्तै पश्चिम नवलपरासीको सुनवल नगरपालिका–३ मा आज भएको सवारी दुर्घटनामा एकको निधन भएको छ भने सात जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनवलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय कार अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो ।

निधन हुनेमा कारमा सवार बारा जिल्लाको दक्षिण झिटक्या गाउँपालिका–२ का ५५ वर्षीय रियाजुल मिया रहेका छन् । उनको बुटवलस्थित जेनस अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घाइते सात जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने कार प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रनाउ थापाले बताउनुभयो ।

Related Articles

Back to top button
Close