समाचार

जोखिम मोलेरै नेपाली नागरिकको उद्दार गर्न, काठमाण्डौबाट चिन उड्यो नेपाली एयरलाइन्स !

चीनको बुहानमा रहेका नेपालीहरूको उद्धारका लागि नेपाल वायु सेवा निगमकाे विमान काठमाडौंबाट बुहानका लागि शनिबार अपरान्ह उडेको छ ।
सो विमानले आइतबार नेपालीहरूलाई काठमाडौं ल्याइ पुर्‍याउने कार्यक्रम रहेको छ ।

नेपाल वायुसेवा निगमकाे एयर बस ३३० मा १६ जना नेपालीको टोली रहेको र जसमा तीन पाइलट, छ जना क्याविन क्रु, चार जना नेपाली सेनाका चिकित्सकऽ एक जना इञ्जिनियर तथा एक लोडमास्टर रहेको प्रधानमन्त्रीको कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

सरकारले कोरोना भाइरस कोभिड १९ को उद्गमस्थल चीनको वुहानबाट नेपाल ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ ।

क्वारेन्टाइनमा अन्तरराष्ट्रिय मापदण्ड पूरा गर्दै आइशोलेसन वार्डमा हुने जतिकै सुविधासहितको व्यवस्था गर्दै भवनमा रङ्गरोगन, बगैँचा निर्माण, भौतिक संरचना एवम् विद्युतीयदेखि स्यानेटेरीसम्मको मर्मत सम्भार, सुत्ने ठाउँदेखि दैनिक उपयोग सम्पूर्ण नयाँ सामानको व्यवस्थापन गरिएको छ ।

झण्डै एक महिना लामो रस्साकस्सीपछि अन्ततः नेपाल सरकारले चीनको हुबेइमा रहेका नेपालीलाई स्वदेश ल्याउन आज (शनिबार) नेपाल वायु सेवा निगमको वाइडबडी जहाज त्यसतर्फ प्रस्थान गर्दैछ। यसअघि चीनस्थित नेपाली राजदूतावासमा नेपाल फर्कन चाहनेमा नाम दर्ता गरेका यादवसहित वुहानबाट १८५ नेपालीलाई स्वदेश ल्याउन लागिएको हो।

j; r9b}
sf7df8f}F, # kmfu’g . rLgsf] j’xfg ;x/df /x]sf g]kfnL :jb]z kms{g ljdfg:yntkm{ hfg]qmddf j;df r9b} . tl:a/ ;f}+hGo M8f=;’lw/ /fpt÷/f;;

यस्तै हुवाजोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा एमडी गरिरहेका जागरनाथ साह पनि नेपाल फर्कने पाउने भएपछि निकै उत्साही छन्। ‘यहाँ निकै खराब अवस्था भइसकेको थियो। निकै डरैडरमा बाच्नुपरेको थियो। शनिबार फर्कने पाउने भएपछि मलगायत सम्पूर्ण नेपालीहरु निकै उत्साहित छौं,’ उनले भने।

नेपाली दूतावासको निर्देशनअनुसार नेपाल फर्कन चाहने हुबेई प्रान्तको वुहानलगायतका शहरका नेपालीहरुलाई ६ घण्टा अगावै विमानस्थल पुगिसक्न भनिएको छ। विमानस्थलबाट टाढाका सहरमा रहेका नेपालीलाई शनिबार बिहानैदेखि बसले बोक्न शुरु गरिसकेको बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले बताए।

‘सबै नेपालीहरुलाई बसको रुट, सम्पर्क व्यक्ति लगायत आवश्यक सम्पूर्ण विवरण दिइएको छ,’ उनले भने, ‘टाढा रहेका नेपालीहरु बिहानैदेखि बसमा हिँडिसकेका छन् भने नजिक हुने पनि हिँड्नेक्रममा छन्।’

विभिन्न विश्वविद्यालय तथा होस्टलहरुलाई बसस्पटका रुपमा प्रयोग गरिएको छ। बसमा चढ्नुअघि मास्क, पञ्जा लगायत सुरक्षा सामग्रीहरु प्रयोग गर्न निर्देशन अनुसार आफूहरु यात्राका लागि तयार रहेको वुहान विश्वविद्यालयमा पीएचडी गरिरहेका नेपाली विद्यार्थी अशोक साहले भने।

Related Articles

Back to top button
Close