भिडियो

सानेपा का:ण्ड : विजय चौधरीका बुवा भन्छन्, ‘यो सड्यन्त्र भैरहेको छ, मेरो छोराले त्यस्तो गर्नै सक्दैन’ (भिडियो)

घरेलु कामदारका रुपमा राखिएका विजय चौधरीका बुवा जानकी चौधरीले सिसिटिभी फुटेज हेरेर पनि त्यो घटनामा आफ्नो छोरा हो भन्ने कुनै पुष्टि नहुने बताएका छन् । उनले सिसिटिभी फुटेजमा देखिएका ब्यक्ति आफ्ना छोरा नै हो भनेर भन्न नसकिने बताएका छन् । उनले भिडियो हेर्दा कार्कीलाई आ”क्रमण गर्ने ब्यक्ति को हो भनेर प्रष्ष्ट चिन्न नसकिने बताए ।

भित्र के घटना भएको हो भन्ने सिसिटिभीमा देखिन्न, त्यो भिडियोमा देखिएको ब्यक्ति विजय नै हो भन्ने पनि चिनिन्न उनले भने । उनले छोराको दाहसस्कार गरिसकेको बताएका छन् । उनले भिडियोमा घटनाको दृष्य मात्र देखिएको र आफ्नो छोरा डोरीमा झु”’ण्डि”एको भने भिडियोमा नदेखिएको बताए । उनले भिडियो हेर्दा पनि घटना सं”’कास्पद भएको बताए ।

उनले झुण्डिदै गरेको देखिदैन एकैपटक छोराको श’व मात्र देखिएको बताएका छन् । उनले आफ्नो छोरा त्यस्तो घटनामा संलग्न भयो होला भन्ने आफुलाई विश्वास नलागेको पनि बताए । उनले अस्पतालवाट आफ्नो छोराको श’व जिम्मा लिएको बताएका छन् ।

उनले पोष्टमार्टम रिपोर्टमा पनि के आयो भन्ने आफुलाई जानकारी नभएको बताएका छन् । अर्जुन कार्कीसंग आफ्नो भेटघाट पनि नभएको बताएका छन् । उनले घर मालिक कार्कीले आफुलाई केही खबर पनि नगरेको आफुलाई प्रहरीले एकैपटक फोन गरेको बताए ।

काठमाडौं गएपछि पनि कार्कीसंग आफ्नो भेट नभएको सुनाएका छन् । ८ वर्ष देखि पूर्व उपसचिव अर्जुन कार्कीको घरमा घरेलु कामदारका रुपमा बसेका अर्जुन झु”ण्डिएको अवस्थामा फेला परेका थिए भने कार्कीको पत्नी माथि आ”क्रमण गरी ह त्या भएको अवस्थामा भान्छाकोठामा फेला परेकी थिइन् ।

घटना प्रकृति हेर्दा अर्जुनले कार्की पत्नीको ह त्या गरेर आफुले पनि देह त्याग गरेको अनुमान गरिएको हो । तर अर्जुनका बुवाले भने आफ्नो छोराले त्यस्तो घृणित काम नगरेको दावी गरेका छन् । उनले घटनाको सत्यतथ्य छानविन गर्न र वास्तविक दोषी पत्ता लगाउन प्रहरीमा जाहेरी दिएका छन् ।

त्यस्तै नयाँ पत्रिका केहि दिन अगाडी आएको समाचारमा भनिएको छ, पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको ह”’त्या गरेर देहत्याग गरेको भनिएका विजय चौधरी दाङ लमहीका हुन् । विजयको गाउ“मा स”न्नाटा छ, छोराको श”’व बुझ्न ५० वर्षीय बाबु मंगलबार बिहानै काठमाडौं आएका थिए भने ४५ वर्षीया बिरामी आमालाई घटनाबारे जानकारी नै छैन ।

पूर्वसचिव कार्की दाङको लमहीस्थित प्रगन्ना सिँचाइ आयोजनाको कार्यालय प्रमुख भएकाले विजय काठमाडौं आउने संयोग जुरेको हो । कार्कीले पहिले लममहीका आसिवन चौधरीलाई घरेलु कामदार बनाएर काठमाडौं ल्याएका थिए । ६ वर्षअघि कार्की नेपाल विद्युत् प्राधिकरणको प्रमुख बनेको वेला आसिवनलाई प्राधिकरणको लमहीस्थित शाखामा जागिर लगाइदिए  । आसिवनले पनि गुन तिर्न विजय चौधरीलाई कार्कीको घरमा घरेलु कामदार बनाइदिएका हुन् ।

‘मैले पनि पहिले कार्की सरको घरमा काम गरेको थिएँ । मैले जागिर गर्ने भएपछि कार्कीसरको घरमा मान्छे चाहियो । मैले नै विजयको घरपरिवारसँग सल्लाह गरेर काममा लगाइदिएको हो ।’ आफन्तहरूका अनुुसार ६ कक्षासम्म पढेर छाडेका विजय कामदारको रूपमा कार्कीनिवासमा प्रवेश गर्दा विजय १६ वर्षका थिए ।

विजयलाई कार्कीको घरमा सरसफाइलगायत काम लगाइएको थियो । तर, कति पैसा पाउने भन्ने निर्धारण गरिएको थिएन । ‘छोराको पढाइ थिएन, कार्की सरले राम्रो जागिर लगाइदिने भनेपछि कार्कीको केही समय घरमा काम गर्न पठाएको हुँ’ विजयका बाबु जानकी चौधरीले भने, ‘छोराले घरमा काम गरे वापत केही पैसा पाइएला भन्ने आशा त थियो, तर ६ वर्षसम्म छोराले एक पैसा पनि पठाएन । तलबबारे कुनै सल्लाह नै नभएकोले हामीले माग्न पनि सकेनौं ।’ जागिर अथवा पैसा केही नपाएपनि छोराले आफुहरूसँग कुनै गुनासो नगरेको पनि उनले बताए ।

काम मिलाइदिएका आसिवनले पनि विजयको पारीश्रमिक निर्धारण नगरिएको बताए । ‘ तलब पक्का गरिएको थिएन । तर, ६ वर्षसम्म कार्की परिवारसँग विजय र उनको परिवारको कुनै म’नमु”टाव भएको पनि सुनिएन,’ आसिवनले भने, ‘किन यस्तो घटना भयो अचम्म परेको छु ।’

चौधरी परिवारका अनुसार विजय अघिल्लो वर्ष तिहारयता घर आएका थिएनन् । तर, बाबुआमासँग फोनमा कुराकानी भइरहन्थ्यो । साता दिनअघि मात्रै उनले बुबा जानकीलाई फोन गरेर कार्की परिवारका लागि तोरीको तेल र मसुरोको दाल पठाइदिन भनेका थिए । ‘उसले काम गर्ने घरको लागि तोरीको पाँच लिटर तेल र पाँच किलो मसुरोको दाल पठाइदिन भनेको थियो,’ जानकीले भने, ‘छोरासँगको अन्तिम कुराकानी नै त्यही थियो ।’ कार्की सरले ड्राइभिङ लाइसेन्स निकालिदिन लागेको खबर पनि त्यतिवेला छोराले सुनाएको जानकीले बताए ।

विजयले ह”’त्या गरेर देहत्याग गरेको पत्याउन अप्ठ्यारो परिरहेको आफन्त र छिमेकीहरू बताउँछन् । बोल्नसमेत लजाउने विजयले यत्रो अपराध गरेको भनेर पत्याउन नसकेको ठूलीआमा अनारकली चौधरीले बताइन् । ‘कहिल्यै झ”’गडा गरेको थाहा पाइएन । ऊ त धेरै बोल्दा पनि बोल्दैनथ्यो,’ अनारकलीले भनिन् ‘यत्रो घटना गरायो भनेर कसरी पत्याउनू ? तर प्रमाण जे बोल्छ, हामीले मान्नै पर्‍यो’

लमही–२ का वडासचिवसमेत रहेका स्थानीय रामभजन चौधरीले पनि गाउँमा छँदा विजय शान्त स्वभावको भएको बताए । ‘म पनि छिमेकी नै हुँ। उसले कहिल्यै झ”’गडा गरेको थाहा पाइएन । तर, त्यति ठूलो घटना गरायो भन्ने सुन्दा पत्याउन गाह्रो भइरहेको छ,’ उनले भने । विजयका २० र १८ वर्षका दुई भाइ छन् ।

तल राखिएको भिडियोमा विजयका बाबुसंग गरिएको टेलिफोनको कुराकानी हेर्नुहोला

Related Articles

Back to top button
Close