मनोरंजन

अनमोल केसी र सुहाना थापा स्टारर ‘ए मेरो हजुर ४’ दशैंमा

काठमाडौँ ०३ फागुन / अनमोल सुहानाको ‘ए मेरो हजुर ४’ आउने दसैँमा रिलिज हुने पक्का जस्तै भएको छ । निकै रुचाइएका जोडी अनमोल र सुहानाको यस चलचित्र निकै प्रतीक्षित बनेको छ । २०७७ को कार्तिक ७ गते रिलिज हुने पक्का भए पछिअनमोल र सुहानाका फ्यानहरु खुशी भएका छन् ।

फिल्मलाई झरना थापाले नै निर्देशन गर्ने छन् ।सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्र नेपाल, ओमान र हल्याण्डमा खिचिने छ ।

निर्देशक झरनाकी छोरी सुहानाको डेब्यु चलचित्र नै ब्लक बस्टर साबित भएपछि उनलाई रामे सम्भाबना बोकेकी नायिकाको रुपमा हेरिन् थालिएको छ ।

अन्य समाचार :

नेपाली सुगम संगीतका चर्चित गायक राकृष्ण ढकालको आवाज रहेको निकै कर्णप्रिय गीत सखी भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै कम मात्र यस्ता मुटु छुने गीतहरू सार्वजनिक हुने गर्दछन । शरीर हल्लाउने गीतले चर्चा पाइरहेको बेला मुटु हल्लाउने यस्ता गीत कम चर्चित हुन्छ तर दीर्घकालीन हुन्छ

गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ट रहेको सो गीतलाई डाक्टर भारती शर्मा रेग्मीले शब्द सिर्जना गर्नु भएको छ भने विवि अनुरागीको संगीत संयोजन र संगीत रहेको छ ।

प्रकाश भट्टले निर्देशन गरेको गीतमा प्रा डा सुभास आचार्य र सुस्मिता शर्माको अभिनय रहेको छ भने गीतलाई साई भिजनले बजार व्यवसथापन गरेको छ ।

गीतको सफलताको कामना सहित सो गीतको म्युजिक भिडियो यहाँ हरुको लागि

Related Articles

Back to top button
Close