समाचार

कुलमानलाई पूरानो पद दिन नमिल्ने भए त्यो भन्दा माथिको पद दि’इयोस्”

काठमाडौँ – चार वर्षे कार्यकाल सकाएर नेपाल वि’द्युत प्राधिकरणबाट बिदा भएका कुलमान घिसिङको समर्थनमा पछिल्ला केहि दिन देखि देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्।१८ घण्टा सम्म लोडशेडीङ खे’प्न बा’ध्य देश र जनतालाई लोडशेडीङबाट मु’क्त पारेको र लगातार घा’टामा रहेको प्राधिकरणलाई नाफा तर्फ अगाडी बढाएर आफ्नो कौशलता देखाइसकेका घिसिङलाई प्राधिकरणको का’र्यकारी नि’र्देशकमा फेरि नि’युक्त गर्न सवत्र माग उठिरहेको छ।

कुलमानको पक्षमा सर्वसाधारण मात्र नभई कलाकार पनि अगाडी आएका छन्। कलाकारहरु लगातार सामाजिक संजाल मार्फत देश र जनताले प्रा’धिकरणको नेतृत्वमा कुलमानलाई चाहेको बताइरहेका छन्। यस्तै माग गर्ने मध्ये एक हुन् वरिष्ठ हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ। श्रेष्ठ कुलमानले देशको जुनसुकै कुनैबाट चुनाव ल’डेपनि जि’त्ने दा’वी गर्छन्। साथै कुलमानलाई नेपाल वि’द्युत प्रा’धिकरणको कार्यकारी निर्देशकमा फेरि नि’युक्त गर्न नमिल्ने भए माथिल्लो पदको जिम्मेवारी दिइनुपर्ने बताउँछन्।

सामाजिक संजाल फेसबुक मार्फत श्रेष्ठ आफूले कर्मचारी संचय कोषमा जागिर खाएको बिगत सम्झिन्छन्। त्यस बखतमा एउटा कार्यालयको प्रमुख व्यक्तिले दिईएको जिम्मेवारी ईमान्दारिका पूरा गर्दा जनताले कति रा’हत महसुस गर्छन् भन्ने आफूले देखेको उनी बताउँछन्।
त्यसताकामा कर्मचारि संचय कोषका प्रशासक श्री परिक्षीत नरसिंह राणाले कसरी भ्रष्टाचार नि’यन्त्रणमा राखेर दिइएको जिम्मेवारी पूरा गर्नुका सतही कार्यालयलाई चलायमान बनाएका थिए भनेर पनि श्रेष्ठले फेसबुकमा उदाहरण पेश गरेका छन्। आफ्नो लागि परिक्षीत नरसिंह राणा र कुलमान उस्तै रहेको उनको भनाई छ। दुवै जना आफ्नो नातेदार नभएपनि दुवै प्रति आफ्नो उच्च सम्मान रहेको उनले फेसबुकमा उल्लेख गरेका छन्।

फेसबुकमा श्रेष्ठ यसो लेख्छन् –अहिले सम्झिँदा साँचै एकादेशको कथा झैं लाग्छ मैले कर्मचारी संचय कोषमा जागिर खाइरहंदाका त्यी दिनहरु … … एउटा कार्यालयको प्रमुख व्यक्तिले आफुलाई दिइएको जिम्मेवारीलाई ईमान्दारिका साथ निभाई दिएमा आफ्नु क्षेत्रलाई भ्रष्टाचारको स्टन्टबाट मु’क्त गरेर जनतालाई रा’हत दिन सकिन्छ भन्ने एउटा बास्तबिक उदाहरणको कथा थियो त्यो … मैले २०२३ साल देखि करिब १२ बर्ष जागिर खाएको कार्यालय कर्मचारि संचय कोषका प्रशासक श्री परिक्षीत नरसिंह राणाले सत प्रतिसत आफु ईमान्दार भएर नेतृत्व दिएका कारण त्यसताकाका सबै कर्मचारिहरुलाई आफ्ना सेवा ग्राहिहरुबाट घु’सको त कल्पनै नगरौं – एक कप चिया, एक खि’ल्ली चु’रोट खान त के छुन सम्म पनि हिम्मत गर्न नसक्ने बनाई दिएका थिए। सेवा ग्राहिको तर्फबाट एक खिल्ली चुरोट लिइहालेमा कुरा तुरुन्त माथि पुगिसक्थ्यो र त्यस ब्यक्तिलाई अ’पराधी मानेर उत्निखेरै जागिरबाट सदाका लागि घो’क्रेठ्याक लाईन्थ्यो। हायर एण्ड फायरको एउटा कडा उदाहरण थियो । यो कुरा मैले मेरो आत्मकथा “महको म” मा समेत लेखेकोछु ।

उहाँको नेतृत्वमा काम गरेका कर्मचारीहरु आजसम्म पनि प्रशासकज्यू प्रति गर्व गर्दछन। कुरा अझै अलि बाँकि छ पछि उहाँको कार्यकाल सकिएपछि त्यत्रो ठूलो बित्तिय संस्था हाँकीरहेका ब्यक्तीलाई अपमान गरे सरह एउटा सानु ईन्धन संस्थनमा सरुवा गरियो। त्यहाँ पनि भ्र’ष्टाचार उन्मुलन गर्ने कार्यमा लाग्नु भो, पछि भ्र’ष्टाचारिहरु सबै मिलेर उहाँलाई नै त्यहाँबाट हटाई दिए ।

परिक्षीत नरसिंह जस्ता ईमान्दार र नैतिकवान कर्मचारीहरु अरु पनि प्रशस्त छन् हाम्रो देशमा। तर, उहाँहरु को को हुन म चिन्दिन । सबैको भनौं या मेरो मन जितेको व्यक्तिहरुमा उनै परिक्षीत नरसिंह राणा पछि उत्तिकै मन जितेका व्यक्ति हुन् – कुलमान घिसीङ। उहाँहरु दुबै मेरा न साथीभाई हुन न कुनै नातेदारनै। तर, दुबैप्रति मेरो आत्मसम्मान छ। उहाँ जस्ता ब्यक्तीलाई सरकारले सदुपयोग गरेर इमान्दारीको पनि अनुकरण हुँदै जावस भन्ने मेरो मनको तमन्ना मात्र हो। लौ जा एउटा भन्नै जाओस उहाँलाई त्यहिपदमा पूनर्बहाली गर्न नियमले नमिले त्यो भन्दा माथिल्लोपदको जिम्मा दिंदा पनि राम्रै हुन सक्छ । कि कसो ?

Related Articles

Back to top button
Close