समाचार

क’हाली लाग्दो यो घ’टना : छोरीको शं’कामा गर्भवती श्रीमतीको पेट हँ’सियाले का’टेपछि…

भारतको उत्तरप्रदेशको बदायूं जिल्लामा एक श्रीमानले आफ्नी गर्भवती श्रीमतीको धा’रिलो ह’तिया’रले यसकारण ‘हमला गरे किनभने उनी गर्भमा हुर्किरहेको शिशु छोरा हो वा छोरी भनेर हेर्न चाहन्थे । घा’इते महिलालाई ग’म्भीर अवस्थामा दिल्लीको एक अस्पतालमा उपचार चलिरहेको छ र प्रहरीले ह’म’लाकर्ता श्रीमानलाई प’क्राउ गरेको छ । बदायूंका एसएसपी संकल्प शर्माले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘घा’इते महिलाको भाइको तर्फबाट ऊजु’री पाइएको छ र त्यसै आधारमा मु’द्दा दर्ता गरेर अ’भियु’क्तलाई गि’र’फ्तार गरिएको छ ।

यद्यपि, सबै पक्षसँग घ’टनाबारे जानकारी लिइँदैछ र त्यसैको आधारमा थप का’रवा’ही गरिनेछ ।’ बदायू जिल्लाको सिभिल लाइन्स थाना क्षेत्रको नेकपुर मोहल्लेमा बस्ने पन्नालालले आफ्नी गर्भवती श्रीमती अनिताको पेट हँ’सियाले का’टि’दिएको आ’रोप छ । अनिताको परिवार अनुसार पन्नालाल श्रीमतीको गर्भमा रहेको छैटौं सन्तान छोरा हुन् वा छोरी भनेर हेर्न चाहन्थे । पन्नालालकी श्रीमतीकी बहिनी रेखाले मिडियासँगको कुराकानीमा पन्नालालका पाँच छोरी छन् र छैटौं सन्तान पनि छोरीको रुपमा जन्मियोस् भनेर उनी चाहँदैनन् ।

रेखा भन्छिन्, ‘पन्नालालको आफ्नी श्रीमतीसँग यसबारे धेरैजसो झ’गडा भइरहन्थ्यो । उनले अनितामाथि कु’टपि’ट पनि गर्ने गर्दथ्यो । शनिबार पनि उनले अनितालाई नि’र्घात कु’टे र हँ’सियाले ह’मला गरे ।’ अनिताका भाइ राजिवका अनुसार बरेलीमा डाक्टरको सल्लाहमा अनितालाई आइतबार दिल्ली लगिएको छ किनभने उनको स्थिती ग’म्भीर छ । राजिव पनि उनीसँगै छन् ।

पन्नालालले गरे अस्विकारः

यद्यपि, हि’रास’तमा लिएपछि पन्नालालले मिडियासँगको कुराकानीमा अनितासँग उनको झ’गडा भएको र रि’समा उनले हँ’सियाले उनलाई ह’मला गरेको कुरा स्विकार गरे तर जस्तो आ’रोप लगाइँदै छ, त्यो उद्देश्यले भने श्रीमतीमाथि ह’मला नगरेको स्पष्टिकरण दिए । पन्नालालको भनाई थियो, ‘मेरा पाँच छोरी छन् । मेरा एक छोराको मृ’त्यु भइसकेको छ । मलाई थाहा छ कि बच्चा भगवानको देन हो, जे होला देखा जाएजा ।

मेरी श्रीमती सधैं मसँग झ’गडा गर्छिन् । शनिबार पनि झ’गडा भयो र रि’समा मैले हँ’सियाले उनलाई हा’नेँ । यसले उनी यति ग’म्भीर रुपमा घा’इते हो’लिन् भनेर कल्पना गरेको थिइनँ ।’यस्तै, पन्नालालका एक छिमेकीले नाम नबताउने शर्तमा यसको पछाडिको अर्को कहानीबारे जानकारी दिए । छिमेकी भन्छन्, ‘कुनै पण्डितले बदायूं जिल्लामा कुनै व्यक्तिको लगातार छैटौं छोरी जन्मने भविष्यवाणी गरेका थिए ।

ड’राएका पन्नालालले श्रीमतीलाई ग’र्भपतन गराउन भने । श्रीमतीले अस्विकार गर्दा उनीहरुबीच झ’गडा भयो र त्यसपछि पन्नालालले उनलाई घा’इते बनाइदिए ।’ यद्यपि, पन्नालालकी छोरी र उनको परिवारका अनुसार मिडियामा जस्ता कुरा आइरहेका छन्, त्यो कारणले पन्नालालले श्रीमतीमाथि हमला गरेका होइनन् ।
एसएसपी संकल्प शर्मा भन्छन्, ‘प्रहरीले छिमेकीसँग पनि कुराकानी गरिरहेको छ र अ’भियु’क्तका परिवारसँग पनि सोधपुछ गरिरहेको छ ।

अभियुक्तका छोरीहरु ठूला छन्, उनीहरुसँग पनि सोधपुछ भइरहेको छ । यी दुईको धेरैजसो झ’गडा भइरहने कुरा त आएको छ तर शनिबार सायद त्यस्तो केही नभएको पनि हुनसक्छ । अनुसन्धान चलिरहेको छ र चाँडै नै वास्तविकता सार्वजनिक हुनेछ ।

Related Articles

Back to top button
Close