समाचार

कार्यकर्तालाई बाड्न प्रयोग गरिएको एउटा तक्मा बनाउन १४ लाखसम्म खर्च

राणाकालमा राणाहरू खुशी भएपछि बक्सिस दिए झै केपी ओली सरकारले छानी छानी ‘आफ्ना प्रशंसक’ हरूलाई तक्मा बाँडेको छ ।

राष्ट्रकोलागि विशिष्ट सेवा पुर्याइ ख्याती कमाएका व्यक्तिलाई तक्मा दिनुपर्ने कानुनमा व्यवस्था छ तर नेपाल कम्युनिष्ट पार्टीको सरकारले सरकारको गुनगान र सेवा गर्नेलाई मात्र तक्मा दिदैं आएको छ। यसरी दिइने तक्मा पनि ठूलो अनियमितता हुने गरेकोमा सरकारकै निकायले सचेत समेत गराएको छ ।

महालेखा परिक्षकको ५७औं प्रतिबेदनले गत आर्थिक वर्षमा घरेलु तथा साना उद्योग कार्यालयको विल भरपाइ परिक्षण गर्दा ३ सय ३७ मानपदवी, ६० अलंकार, २७ पदक समेत ४ सय २३ विभुषण प्रयोग भएकोमा सुन चाँदी लगायत धातुको खरिद ज्याला जर्तीको आधारमा परिमाण अनुसार मूल्य नखुलेको जनाइएको छ ।

ओली सरकारले नेकपाका कार्यकर्तालाई बाड्न प्रयोग गरिएको तक्मा बनाउन भने त्यती सस्तो छैन। गृह मन्त्रालय स्रोतका अनुसार एउटा तक्मा बनाउन १४ लाख रुपैयाँसम्म खर्च हुन्छ । तक्मा बनाउन ५० हजार रुपैयाँदेखि सुरु भइ १४ लाख रुपैयाँसम्म खर्च हुने गृह स्रोतको भनाइ छ । तर धरैजसो तक्मा ४ लाख रुपैयाँ देखि १० लाख रुपैयाँसम्मका हुने गृह मन्त्रालय स्रोतको भनाइ छ ।

महंगो तक्मामा सुन, चाँदी, हिरा, मुगा जडान गरिएको छ । यसमा नेपालको नक्सा पनि कुँदिएको हुन्छ । तक्मालाई विभिन्न नाम दिइएको हुन्छ । राष्ट्रगौरव, राष्ट्रदीप, जनसेवाश्री लगायतका नाम दिइएका तक्मामा धेरैजसो सुन, हीरा र मुगा जडान गरिएको हुन्छ । नेपाल रत्न सबैभन्दा ठूलो मानपदवी हो ।

Related Articles

Back to top button
Close