Friday, February 28

भोलि सार्वजनिक बिदा दिने निर्णय

January 20, 2020 535

काठमाडौं – सुनसरीको धरान उपमहानगरपालिकाले पूर्व मेयर ध्यानबहादुर राईको नि धन भएको शोकमा भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।नगर कार्यपालिका मातहतका कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयमा शोक बिदा दिइएको उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताएका छन् ।

२०४९ सालमा धरानको मेयर बनेका राईको उपचारका क्रममा सोमवार मृ त्यु भएको छ । ६० वर्षीय राई क्यान्सरका बिरामी थिए ।राईको नि धनप्रति प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतले दुःख व्यक्त गरेका छन् ।

Loading...

प्रतिकृया दिनुहोस्