समाचार

२ बच्चा, महिला–पुरुष सहित ४ जनाको डुबेर मृत्यु

काठमाडौ । सर्लाही, बागमती नगरपालिका–४ बस्ने सबिन गुर्माछाने मगरको २ वर्षीय छोरा ग्रिस गुर्माछाने खेल्ने क्रममा घर नजिकै पानी जमेको खाल्डोमा डुबेर शुक्रबार मृत्यु भएको छ । डुबेर बेहोस भएका उनको सभ्यता हेल्थ केयर कर्मैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

कपिलवस्तु, एसोधरा गाउँपालिका–२ बिचली भडियारस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने २१ वर्षीया अनिता पासीको शुक्रबार मृत्यु भएको छ ।

सुनसरी, हरिनगरा गाउँपालिका–६ घुस्की घर भई भोक्राहा नरसिंह–८ स्थित मामा मुजाहिद अन्सारीको घरमा बस्दै आएकी अजाद अन्सारीकी ३ वर्षीया छोरी खुश्बु खातुनको खेल्ने क्रममा घर नजिकै खाल्डोमा जमेको पानीमा डुबेर शुक्रबार मृत्यु भएको छ ।

बारा, कलैया उपमहानगरपालिका–१९ पचानपुर ईनर्वा बस्ने ३० वर्षीय मुख्तार मिया अन्सारीको सोही ठाउँस्थित माछा पोखरीमा डुबेर शुक्रबार मृत्यु भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु
कास्की । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गास्थित निर्माणाधिन हिमालयन गार्डेन मिनी मार्केटमा काम गर्ने तनहुँ व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङ घर भएका २६ वर्षीय केशव बोहोराको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ ।
सोही मिनि मार्केटमा ड्रिल मेशिनले ड्रिल गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button
Close