Banner newsसमाचार

निर्मलालाई न्याय माग्दै राजधानीमा प्रदर्शन

काठमाडौं / नेपाल विद्यार्थी संघले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तलाई न्याय माग्दै राजधानीमा प्रदर्शन गरेको छ । हत्याको १ वर्ष पुग्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार बिहान काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । निर्मलाको ०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

‘निर्मलाले न्याय कहिले पाउँछिन् ?’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर नेविसंघका कार्यकर्ताहरू प्रदर्शनमा सहभागी थिए । नेविसंघ कार्यकर्ताहरूले गृहमन्त्रीवरुद्ध समेत नाराबाजी गरे । निर्मलाका हत्यारा पत्ता लगाउन असमक्षम भएकाले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनीहरुकाे माग रहेकाे छ । हत्यापछि यसको छानबिनका लागि विभिन्न समितिहरू बनेका थिए । तर, हत्याको १ वर्ष गुज्रिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । जसका कारण सरकार पनि आलोचित बन्दै आइरहेको छ ।

Related Articles

Back to top button