समाचार

नायिका प्रियंका र आयुस्मानको विवाह फेब्रुअरी २७ मा

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले आफ्नो विवाहको मिति सार्वजनिक गरेकी छिन् । लामो समयदेखि अभिनेता आयुस्मान देशराज जोशीसँग प्रेम सम्बन्धमा रहेकी कार्कीले फागुनमा विवाह गर्ने भएकी हुन् । साजिक सञ्जाल इन्टाग्राममा उनले फेब्रुअरी २७ मा विवाह गर्न लागेको उल्लेख गरेकी छिन् । उनीसँगै आयुस्मानले पनि इन्टाग्राममा सोही जानकारी दिएका छन् । प्रियंका र आयुस्मानले गत वर्ष इन्गेजमेन्ट गरेका थिए । त्यस्तै यहि फागुनमा चर्चित अभिनेत्री आँचल शर्माले पनि विवाह गर्दै छिन् ।

उनी यतिबेला डा. उदीप श्रेष्ठसँग गहिरो प्रेममा छिन् । उदीपसँग एउटा कार्यक्रममा आँचलको भेट भएको थियो ।आँचल र उदीपको भेट भएको करिव एक बर्ष भएसँगै उनीहरुले बिवाह गर्ने निर्णय गरेका हुन् । जोनी जेन्टल म्यान, नाइ नभन्नु ल ४, शत्रु गते, ब्ल्याक लगायतका चलचित्रमा काम गरेकी उनले थुप्रै म्युजिक भिडियोमा समेत काम गरेकी छिन् । हाल उनी नयाँ चलचित्र ‘झिंगे दाउ’ को तयारीमा छिन् ।

Related Articles

Back to top button
Close