समाचार

‘ कुलमानजीप्रति सरकार सकारात्मक र सन्तुष्ट छ तर पुनर्नियुक्ति गर्न मिल्दैन

नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्तिको माग राखेर काठमाडौंमा दैनिक प्रदर्शन भइरहेका छन् ।

तर, यसै बेला सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कुलमानको पुनर्नियुक्ति नहुने स्पष्ट पारेका छन् । विद्यमान कानुनअनुसार कुलमानलाई पुनर्नियुक्ति गर्न नमिल्ने उनले बताएका हुन् । शुक्रबार बुटवलमा प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्ञवालीले कुलमानको पुनर्नियुक्ति कानुनअनुसार गर्न नमिल्ने दावी गरेका हुन्।

मुलुकको हित र कार्यक्षमताका अधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने जानकारी दिएका उनले कुलमानको कामबाट सरकारका सकारात्मक र सन्तुष्ट भए पनि पुनर्नियुक्ति गर्न कानुनले नदिने बताए । ‘कुलमानजीप्रति सरकार सकारात्मक र सन्तुष्ट छ तर पुनर्नियुक्ति गर्न कानुनले दिंदैन’, प्रवक्ता ज्ञवालीले भने । यद्यपि कुलमानलाई नै प्राधिकरणमा ल्याउने विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ।

Related Articles

Back to top button
Close