समाचार

लामो दूरीका यातायात आजदेखि सञ्चालनमा, ५० प्रतिशत महंगो भाडा

काठमाडौं । ६ महिना भन्दा लामो समय थन्किएर बसेका लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेदेखि लामो दूरीका यातायात चलाउन दिने निर्णय गरेसंगै लामो समय बन्द रहेको यातायात सञ्चालन हुने भएको छ ।

ब्यवसायीलाईइ ५० प्रतिशत बढी भाडा लिएर यातायात सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । तर सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने नियम लागू गरिएको छ । सरकारले स्वास्थ्य मापदण्ड पालना गरी सार्वजनिक यातायात चल्न दिने निर्णयमा उल्लेख छ। एक लाइनको सिटमा एक जना मात्रै यात्रु राखेर यातायात सेवा सञ्चालन गर्नुपर्ने सरकारको सर्त छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार मन्त्री, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बिहीबारदेखि लामो दूरीका सवारी सञ्चालन गर्ने सहमति भएको छ। त्यसको मापदण्ड बनाउन यातायात व्यवस्था विभागलाई जिम्मा दिइएको छ। त्यही मापदण्डभित्र रहेर व्यवसायीले लामो दूरीका सार्वजनिक सवारी सञ्चालन गर्नुपर्नेछ।

नेपालीहरुको ठूलो पर्व दशैं र तिहार आउँदैछन् । अघिल्ला वर्षहरुमा दशैंमा झण्डै एक महिना अघि देखि टिकट बुकिगं सुरु हुने गरेको थियो । दशैंमा घर जानेहरुले एक महिना अघि नै टिकट लिने गरेका थिए । तर यो पटक दसैंका लागि अग्रिम टिकट सम्बन्धमा भने टुंगो लागेको छैन। १० दिनको अवस्था अध्ययन गरेर मात्र अग्रिम टिकट खोल्ने वारे निर्णय गरिने भउको छ ।

कोरोना फैलन नदिन सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाका कारण काठमाडौमा बेखर्ची भएका अधिकांश जिल्ला फर्किइसकेका छन् । अहिले नै अग्रिम टिकटका सम्बन्धमा बोल्न सकिने अवस्था नभएको ब्यवसायीले बताएका छन् । स्थिति सामान्य रहिरहे असोज दोस्रो सातासम्म सरोकारवाला निकायसँग छलफल गरी निर्णय लिइने ब्यवसायीको भनाई छ ।

गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गनुपर्ने मापदण्ड बनाइएको छ । यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नु पर्ने छ । गाडी चढ्नुअघि यात्रुलाई सेनिटाइजर व्यवस्था गर्नुपर्ने छ ।

Related Articles

Back to top button
Close