समाचार

सिन्धुपाल्चोकमै केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भुकम्प

काठमाडौ । बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । त्यसको प्रभाव काठमाडौ देखि चितवन लगायतका क्षेत्रमा समेत परेको थियो । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ । बुधवार विहान ५ बजेर १९ मिनेट जाँदा सो भूकम्प को धक्का महशुष गरिएको थियो ।

अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै बेला कडा धक्कासहितको भूकम्पको झड्का काठमाडौंसहित विभिन्न जिल्लामा महसुश भएको थियो । काठमाडौमा सर्वसाधारण घर वाहिर निस्किएका थिए । भूकम्पबाट केकति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन । पछिल्लो समय ५ रिक्टरस्केलसम्मको भूकम्प गइरहेपनि सो भन्दा माथिका भूकम्प लामो समयपछि आएको हो ।

सिन्धुपाल्चोक त्यही जिल्ला हो जहाँ गत २०७२ सालको भूकम्पमा पनि सबैभन्दा बढी मानवीय क्षति भएको थियो । बुधवारको भुकम्प पनि सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएको आएको छ । एकपछि अर्को प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकबासीमा बुधबारको भूकम्पले थप त्रा स बढेको छ। सिन्धुपाल्चोकमा यो वर्ष दुई पटक ठूलो पहिरोले धनजनको क्षती गरेको छ । यद्यपी भूकम्प शक्तिशाली भएपनि अहिलेसम्म मानवीय र भौतिक क्षतिको विवरण आएको छैन।

Related Articles

Back to top button
Close