समाचार

सडकमा भेट्टिएका एक बालकले सन्दीपलाई भने, ‘तपाईँ सन्दीप लामिछाने जस्तै देखिनुहुन्छ’

काठमाडौं । अपरिचत बालकः हे । म सन्दीप लामिछानेलाई मनपराउँछु, र तपाईँ त्यस्तै देखिनुहुन्छ ।

सन्दीप लामिछानेः के म ?

अपरिचत बालकः हो । यदि तपाईले उहाँलाई देख्नुभयो भने चिन्नुहुन्छ ?

सन्दीप लामिछानेः …कसले चिन्दैन ?

काठमाडौंको दरबारमार्गको बाटोमा एक अपरिचित बालकसँग नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेबीच भएको एक संवाद हो यो ।

सामाजिक सञ्जालमा सन्दीपले बालकसँगको फोटो राख्दै स्टाटस लेखेका छन् । साथै बालकसँग फोटो खिचाउँदै उनको सम्मान सन्दीपसम्म पुर्याउने बाचा सन्दीपले व्यक्त गरेका छन् ।

काठमाडौंमा हालै सम्पन्न नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज अन्तर्गतको अन्तिम खेलमा अमेरिकालाई ओडिआइमा सबैभन्दा कम ३५ रनमा समेट्ने क्रममा सन्दीपले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिएका थिए ।

Related Articles

Back to top button