Thursday, April 2

भकभक उम्लिएको तातो दूध शरिरमा खन्याएर मनाइन्छ अनौठो पुजा

January 20, 2020 215

काठमाडौँ । मुसहर समुदायले माघ १ गतेदेखि भुइँया पूर्व मनाउने परम्परा रहेको छ । भुइँया शब्दले जमिन, माटो वा पृथ्वीलाई जनाउँछ। भुइँया पूजालाई प्रकृति पूजाका रूपमा लिने गरिएको उक्त समुदायको उत्थानमा काम गर्दै आएका राजकुमार महतोले जानकारी दिए ।

महतोको अनुसार छैटौं शताब्दीमा सप्तरी जिल्लामा जन्मिएका दीना भद्रीको पूजाका रूपमा यो भुइँया पूजा मनाउने गरिएको उनको भनाइ छ । दीना भद्रीलाई मुसहर समुदायको कुल देवता मानिन्छ। अन्याय, अत्याचार र शोषणविरुद्ध महावीर योद्धाका रूपमा दीना भद्रीलाई लिने गरिएको छ।

परम्पराअनुसार १ गते भुइँया महाराजलाई अपटौनी दिन उम्लिदै गरेको तातो दूधले नुहाउने चलन रहेको छ । तातो दूधले नुहाएका रामपुकार माझी भन्छन्, ‘यो सब भुइँया महाराजको प्रताप हो, उनी भन्छन्, ‘दैवी शक्तिको आर्शीवादले नै तातो दूधमा नुहाउँदा पनि शरीरलाई कुनै प्रकारको कष्ट हुँदैन।’

यो वर्षको भुइँया पुजामा १२ र्षिय राजा माझी र १४ वर्षिय शिवनन्दन माझीले चुलोमाथि माटोको तौलामा उम्लिएको दूधले सामान्य पानीले जस्तै नुहाएका थिए । त्यस अवसरमा तातो दूधले नुहाउने यस विधिलाई ठेट भाषामा ‘अपटौनी’ भन्ने गरिन्छ। माघ १ देखि ३ गतेसम्म गुवाइमा प्रथम अन्तर्राष्ट्रिय भुइँया दिवस मनाइएको छ । भुइँया दिवसको अवसरमा पूजासहित मुसहर समुदायको विशेषता झल्काउने कार्यक्रम गरिएको थियो।

Loading...

प्रतिकृया दिनुहोस्