समाचार

मुना ह’त्याकाण्ड : सामसुङको मोबाइलमा के हेर्थे विजय चौधरी ? यस्तो छ सनसनीपूर्ण खुलासा

पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको ह’त्या गरेर आ’त्मह’त्या गरेका विजय चौधरी र मुनाको मोबाइल महाराजगञ्जस्थित नेपाल प्रहरीको फेरेन्सिक ल्याबमा पठाइएको छ ।

मोबाइलमा ‘के कस्ता गतिविधि गर्थे’ भन्ने विषयको अनुसन्धान गर्न चौधरी र मुनाको मोबाइल फरेन्सिक ल्याबमा पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले बताए ।

सीसीटीभीमा विजयले नै मुनाको ह’त्या गरेको पुष्टि भएपनि अरु पनि कुनैको संलग्न थियो कि भन्ने आशंकाका आधारमा मोबाइललाई फरेन्सिक ल्याबमा पठाइएको एसएसपी राईले लोकान्तरलाई बताए ।

‘फरेन्सिक ल्याबमा मोबाइलमा के–के चिजहरू थिए, फोटोहरू खिचेर डिलिट गरेको थियो कि ? कुनै भिडियो हेर्ने गर्थ्यो कि भन्ने विषयमा अनुसन्धानको लागि पठाइएको हो,’ उनले भने ।

विजय चौधरीले सामसुङको भिडियो र फोटो खिच्न मिल्ने एन्ड्रोइड मोबाइल चलाउने गरेको प्रहरीले जनाएको छ । उनले मोबाइलमा कस्ता खालमा फोटो खिच्थे, इन्टरनेटमा कस्ता फोटो भिडियो खिच्थे, कस्ता भिडियोहरू हेर्थे, कोही बाहिरी मानिसले सामाजिक सञ्जालको माध्यमबाट कुनै कुरा सिकाइरहेको छ कि भन्ने विषयमा अनुसन्धानको लागि पठाइएको एसएसपी राईले बताए ।

प्रहरीले अनुसन्धानको अधिकांश पक्ष सकिएको जनाएको छ । सीसीटीभी फूटेज लगायतका सबै पक्षलाई हेर्दा विजयले मुनाको ह’त्या गरेको देखिएको छ । त्यसबाहेक पनि विजयलाई कसैले सिकाएको छ कि भन्ने विषयमा अनुसन्धान चलिरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

विजय चौधरीका बुवा जीवन चौधरीले महानगरीय प्रहरी परिसर ललितपुरमा घ’टनाको सत्यतथ्य अनुसन्धान गरी दो’षीलाई का’र’वाही गरिपाउँ भन्दै जाहेरी दिएका छन् भने अर्जुन कार्कीले पनि घरमा ठीकै रहेकी पत्नीको ह’त्याको रहस्य पत्ता लगाएर दो’षीलाई कार’वाही गरिपाउँ भन्दै जा’हेरी दिएका छन् ।

‘दुवै तर्फबाट घ’टनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन भन्दै जाहेरी परेको छ,’ एसएसपी राईले लोकान्तरसँग भने । बुधवार विजय चौधरीका बुवा जीवन चौधरीले श’व बुझेर दाङ लगेर दाह’संस्कार गरेका छन् भने अर्जुन कार्कीका परिवारले पनि मुनाको दाह’संस्कार गरेका छन् ।

प्रहरीले मृ’तक दुवै जनाको पो’स्टमा’र्टम समेत गराएको छ । मुनाको घाँ’टी थि’चेर मृत्यु’ भएको पो’स्टमार्ट’ममा देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । ललितपुर परिसरका प्रमुख राईले चौधरीको पो’स्टमा’र्टमको रि’पोर्ट आई नसकेकाले के कारणले मृ’त्यु’ भयो भन्ने बताउन नसकिने बताए ।

मुनाको आँखामा नि’लो दा’ग, टाउको चो’र र घाँ’टीमा डो’रीको डा’म देखिएको थियो । गत सोमवार ललितपुरको सानेपामा पूर्व सचिव अर्जुन कार्कीकी पत्नीको ह’त्या गरी उनकै घरका काम गर्ने दाङका विजय चौधरीले आ’त्मह’त्या गरेका थिए । अ’चेत अवस्थामा फेला परेकी मुना अधिकारीको सानेपाकै स्टार अस्पतालमा मृ’त्यु भएको थियो ।

Related Articles

Back to top button
Close