समाचार

प्राधिकरणको निर्देशक नियुक्तिको प्रस्ताव बिना नै मन्त्रिपरिषद बस्दै

मन्त्रिपरिषदको नियमित बैठक सोमबार (आज) ५ बजेका लागि बोलाइएको छ। मन्त्रिपरिषद बैठकमा विभिन्न एजेण्डा र प्रस्तावमा छलफल हुन्छ। तर आज बस्ने मन्त्रिपरिषद बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तीको एजेण्डा भने छैन।

विद्युत प्राधिकरणका कार्यकारी दिर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल पूरा गरेर आइतबार विदा भएका छन्। कार्यकाल सकिएपछि प्राधिकरणमा नयाँ निर्देशक को बन्छ भन्ने सवत्र चासो भइरहेका बेला मन्त्रिपरिषद बैठकको एजेण्डामा प्राधिकरणमा नयाँ कार्यकारी नियुक्त गर्ने विषय समावेश नभएको मन्त्रिपरिषद स्रोतले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मन्त्रीहरुलाई पठाएको बैठकको एजेण्डामा प्राधिकारणमा नयाँ नियुक्त गर्ने एजेण्डा समावेश भएको स्रोतले जनाएको छ।

प्राधिकरणको कार्यकारी निर्देशकमा २०७३ भदौ २९ मा नियुक्त भएका घिसिङको ४ वर्षे कार्यकाल सकिए पछि अबको कार्यकारी निर्देशमा को भन्ने चर्चा चलिरहेकै बेला बस्ने मन्त्रिपरिषदको बैठकमा यसबारे एजेण्डा नहुनेले प्राधिकरणको नेतृत्व कसका हातमा पुग्छ भन्ने विषय निक्र्यौल भइनसकेको बताइएको छ। उर्जा मन्त्रालयले प्रस्ताव नपठाएपछि प्राधिकरणको नयाँ नेतृत्व कसले पाउँछ भन्ने चासो बढेको छ।

Related Articles

Back to top button
Close