अन्तर्राष्ट्रिय समाचार

चीन-भारतसँग नराम्रोसँग पराजित भएको, ६० सैनिकको मृत्यु भएको खुलासा !

काठमाडौं । एक चर्चित अमेरिकी अखबार न्यूज वीकले भारत–चीनबीच भएको विवादमा ६० जना चिनियाँ सैनिकको मृत्यु भएको बताएको छ । अखबारले गल्भानको बारेमा आफ्नो जारी लेखमा हैरान पार्ने कुराहरू उल्लेख गरेको हो । यस लेखका अनुसार जून १५ मा गाल्भानमा ६० भन्दा बढी चिनियाँ सैनिकको मृत्यो भएको थियो ।

दुर्भाग्यवस, चिनियाँ राष्ट्रपति शी जिनपिङ भारतीय क्षेत्रको रणनीति चालका वास्तुकार थिए, तर उनको जनमुक्ति सेना (पीएलए) फ्लप भयो । पीएलएसँग त्यस्तो अपेक्षा गरिएको थिएन् ।

उक्त लेखमा भनिएको छ कि भारतीय सीमामा चिनियाँ सेनाको असफलताको परिणाम विस्तारै बाहिर आउँने पनि बताइएको छ । चिनियाँ सेनाले शुरुमा सी जिनपिङलाई सेनामा विपक्षीहरूलाई हटाउन र यस असफलता पछि वफादारहरूलाई भर्ती गर्न भन्यो । स्पष्टतः ठूला अधिकारीहरू यसमा पर्नेछन् ।

सबैभन्दा ठूलो कुरा यो हो कि असफलताको कारण, चीनका रणनीतिक शासक जिनपिङ हुन् । जो पार्टीको केन्द्रीय सैन्य आयोगका अध्यक्ष पनि हुन् । जिनपिङ जनमुक्ति सेनाका नेता पनि हुन् । भारतका सैनिकहरू विरूद्ध चीन अर्को बलियो कदम चाल्न प्रोत्साहित हुने कुरा समाचारमा उल्लेख गरिएको कुरा भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

Related Articles

Back to top button
Close