अन्तर्राष्ट्रिय समाचार

लद्दाखमा चीनले चाल्यो अहिलेसम्मकै ठुलो कदम, भारतभर तरंग, अब के गर्छन मोदी ?

एजेन्सी । पूर्वी लद्दाखमा भारत र चीन बीच वास्तविक नियन्त्रण रेखा (एलएसी) मा अवस्था त’नावपूर्ण बन्दै गएको छ। चीनले सीमा नजिकै अर्को ठुलो कदम चालेको छ । पछिल्लो समय चीनले सीमा नजिकै तो’प र ट्यांक तै’नाथ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। आधुनिक ह’तिया’रका साथै हवाई सेनाको शक्ति पनि बढाएको बताइएको छ।

चीनले पूर्वी लद्दाखको प्यांगोंग त्सोको दक्षिणी क्षेत्रको स्पांगुर ग्यापमा भारी संख्यामा सैनिक, ट्यांक र तोप तै’नाथ गरेको भारतीय मिडियाको दा’बी छ। उक्त क्षेत्र भारतीय सेनाको राइफल रेन्ज नजिकै रहेको छ।

त्यसपछि भारतले पनि आफ्ना सेनालाई अलर्टमा राखेको बताइएको छ। सीमा वि’वाद सुल्झाउन दुवैदेशका सैनिकबीच शनिवार चुशुल क्षेत्रमा ब्रिगेड कमाण्डर तहको वार्ता भएको थियो । तर, उक्त वार्ता पनि बिना निष्कर्ष सकियो। गत जुन १५ मा दुवै देशका सैनिकबीच गल्वान भ्यालीमा झ’ड’प हुँदा २० भारतीय सैनिकको मृ’त्यु भएको थियो।

Related Articles

Back to top button
Close