Friday, February 28

दुखद खबर : युएईमा १ सय ३ नेपालीले ज्या’न गुमाए !

January 20, 2020 622

नेपालीको मुख्य श्रम गन्तव्यमध्ये एक मानिने संयुक्त अरब इमिरेट्स (युएई) मा बितेको सन २०१९ मा मात्रै १०३ नेपालीेले ज्या’न गुमाएका छन। ज्यान गुमाउनेहरुमा ९९ जना पुरुष र ४ जना महिला छन। कार्यस्थलदेखि दु’र्घटनालगायतमा परेर युएईमा एक वर्षको अवधिमा १०३ ले ज्या’न गुमा’एको युएईस्थित नेपाली दूतावासले जनाएको छ। केही दिनअघि मात्रै अबुधाबीमा भएको सवारी दु’र्घटनामा नेपाली परेका थिए। जसमा ३ को मृ’त्यु भएको थियो भने १६ जना घा’इते भएका छन्।

नेपाली दुतावास आबुधाबीका अनुसार, गत वर्ष दुर्घटनामा परेर मात्रै २३ नेपालीले ज्या’न गु’माएका छन्। १ महिलासहित ५७ जनाको प्राकृतिक कारणबाट मृ’त्यु’ भएको छं। यस्तै एक महिला र १७ जना पुरुषले आ’त्म’ह’त्या’ गरेको तथ्यांक छ। सन २०१८ मा युएईमा ज्या’न गुमाउने नेपालीको संख्या अझै बढी छ। युएईस्थित नेपाली दूतावासका ‘अनुसार, सन २०१८ मा ९ जना महिलासहित ९८ जना पुरुषले ज्यान गुमाएका थिए। सन २०१८ मा ३ महिला सहित ३० नेपालीले आ’त्म’ह’त्या’ गरेका थिए।

यस्तै गतवर्ष २ जना महिला र ३ जना पुरुषको ह’त्या भएको दूतावासले जनाएको छ। पारिवारिक विचलन, कार्यस्थलको तनावका कारण नेपालीले यूएईमा आ’त्म’ह’त्या गने गरेको दूतावासका सूचना अधिकारी भुवन ओझा बताउँछन। ओझाका अनुसार, तापक्रम, हृ’दय’घा’त, मादकपदार्थ सेवनलगायत कारणले पनि कतिपय नेपालीको ज्या’न गइरहेको छ।पछिल्ला केही वर्षयता युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ। वैदेशिक रोजगारीमा जाने अधिकांश युवाले खाडी मुलुकलाई गन्तव्य बनाउँदै आएका छन। एक तथ्यांकअनुसार, युएईमा मात्रै २ लाख ५० हजार नेपाली युवा श्रम खर्चिरहेका छन।

त्यसैगारी राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ ।

आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।

राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको महानिर्देशक जोशीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटीमा स्मार्ट परिचयपत्र आवश्यक रहेको बताउनुभयो ।

शहरलाई स्मार्ट बनाउँदा आफ्नो परिचयलाई पनि सोहीअनुसार गर्नु अवलम्बन गर्दै जिल्लावासीलाई यो परिचयपत्र बनाउने काममा सहयोग पु¥याउन आग्रह गर्नुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा रहेका छ लाख ७५ हजार जनतालाई परिचयपत्रको फारम भर्नका लागि १०२ दिन लाग्ने भएकाले सोहीअनुसारको व्यवस्थापन मिलाउन लागिएको जानकारी दिनुभयो ।

Loading...

प्रतिकृया दिनुहोस्