Banner newsसमाचार

सुनसरीको दुहवीमा बाढीले १५ घर बगायो, ३० घर उच्च जोखिममा

सुनसरी / सुनसरीको दुहबीमा बाढीले १५ घर बगाएको छ । बुढीखोला र टेङ्ग्रा खोलामा आएको बाढीका कारण दुहबी नगरपालिका –४ मालहट्टीमा १० घर र वडा नम्बर १ को मुसहर बस्तीका ५ घर बगाएको हो । बुढीखोला र टेङग्रा खोलाको संगम स्थलमा रहेको घरहरु बाढीले बगाउन थालेपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिए । बाढीका कारण ३० ओटा घर उच्च जोखिममा रहेको उनले बताए ।

Related Articles

Back to top button
Close