Friday, February 28

त्रिभुवन विमानस्थलमा यती र बुद्ध एयरका विमान ठोक्किए

January 20, 2020 240

काठमाडौं : त्रिभुवन विमानस्थलमा यती र बुद्ध एयरका दुई विमान आपसमा ठोक्किएका छन्। जनकपुर जान लागेको बुद्ध एयरको विमानले रोकिराखेको यती एयरलाइन्सको विमानलाई ठक्कर दिएको हो।

विमान ठोक्किँदा दुवै विमानमा सामान्य क्षति भएको विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले थाहाखबरलाई जानकारी दिए। विमान ठोक्किए पनि विमानस्थलका अन्य उडानहरू सुचारु रहेको पनि कर्णले जानकारी दिए।

यो पनि पढ्नुहोस : जाँगर र सीप चाहिन्छ ःपैसा कमाउन कही जानुपर्दैन

काम र दामको खोजीमा पाल्पा रामपुर नगरपालिका–८ का युवा जगतबहादुर सेनले दुई वर्ष मलेसियामा व्यतीत गर्नुभयो । ऊर्जाशील जीवनका केही सयम त्यतातिरै लगाउनुभयो । पसिना बगाउनुभयो ।

उहाँलाई सोचेअनुसारको काम र दाम नभएपछि विदेशको भूमिमा रही रहन मन लागेन । गाउँमा फर्किएर केही गरौँ भन्ने सपना देख्न थाल्नुभयो । उहाँ दुई वर्ष पूरा भएपछि जन्मस्थान फर्किनुभयो ।

उहाँले बाँझा रहेका बारीमा पाटामा बाख्रापालन गर्ने सोच बुन्नुभयो । व्यवसाय शुरु गर्नुभयो । उहाँले भन्नुभयो, “गत वर्ष बाख्राको बिक्रीबाट एक वर्षमा रु पाँचलाख आम्दानी लिएँ ।” घरको गुजारा चलाउन धौधौ परेपछि स्नातक तहको पढाइ बिचमै छाडेर उहाँ वैदेशिक रोजगारमा होमिनुभएको थियो । “विदेशको मोहले न त पढाइ न त हातमा दाम, समयको बर्बादी, गाउँमै बसेर पहिले नै बाख्रापालन गरेको भए मालामाल हुने रहेछ, अहिले सम्झदा पश्चाप लागेको छ”, उहाँले अनुभव सुनाउँदै भन्नुभयो ।

उहाँको फार्ममा ५० माऊ बाख्रासहित ७० वटा स्थानीय, बोयर क्रस जातका बाख्रा छन् । ५० रोपनी जग्गा भाँडामा लिएर घाँस खेतीको तयारी गर्नुभएका उहाँले भन्नुभयो, “सयभन्दा बढी बाख्रा पाल्ने लक्ष्य लिनुभएको छु ।” पशुसेवा कार्यालयले समय समयमा औषधोपचार, प्राविधिक सेवा प्रदान गरिराखेको छ । नगरपालिकाले युवा स्वरोजगार कार्यक्रममा छनोट गरी रु तीन लाख ऋण सहयोगसमेत गरेको छ । रामपुर नगरपालिका क्षेत्रमा बाख्रापालन व्यवसायमा युवाको ह्वात्तै आकर्षण बढेको पशुसेवा शाखा प्रमुख मोहन भट्टराई बताउनुहुन्छ । “विदेश गएर फर्केका युवाको बाख्रापालनमा आकर्षण बढ्दो छ, व्यवसायबाट राम्रै गरिरहेका छन्, कार्यालयले व्यवसायलाई व्यवस्थित बनाउन बेला बेलामा तालीम, आवश्यक प्राविधिक सहयोग गरिरहेको छ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय रामपुर क्षेत्रमा व्यावसायिक रुपमा नै बाख्रापालन गर्ने युवाको सङ्ख्या बढ्दो । बाख्राको बजार मूल्य राम्रो भएपछि कृषक व्यवसायमा आकर्षित भएका हुन् । कृषकले घरघरमा थोरै भए पनि बाख्रा पालेर सामान्य घरखर्च चलाउने गरेका छन् । विशेष गरी गाउँका महिलाले घरमा दुई चार वटा माऊ बाख्रा पालेर कमाएको रकम छोराछोरीको पढाइ खर्च, घरखर्च र केही रकम कोशेलीका रुपमा राख्ने गरेका छन् ।

रामपुर नगरपालिकाले पनि यहीँको उत्पादनलाई प्रोत्साहन गर्न बाख्रापालन व्यवसायमा अनुदानलगायतका कार्यक्रम चलाइरहेको नगर प्रवक्ता हुमनाथ न्यौपाने जानकारी दिनुभयो । कृषकलाई व्यवसायमा दक्ष बनाउन विभिन्न सीप तथा ज्ञान दिने र व्यवसायबाट राम्रो कमाउने वातावरण नगरपालिकाले व्यवस्थापन गरिदिने उहाँको बताउनुभयो ।

Loading...

प्रतिकृया दिनुहोस्