रोचक

मेरो गुलाफ अस्विकार भयो प्रेम दिवसमा

आफ्नै सँगको लडाईमा हार भयो प्रणय दिवसमा
अनि मेरो गुलाफ अस्विकार भयो प्रणय दिवसमा

बिहानै शुभकामना दिएको थिए मीठो मुस्कान सँगै
उनको बोलीमा धारीलो धार भयो प्रणय दिवसमा

सोचेको थिए आज प्रेमील साथ पाउँछु अवश्य पनि
तर उनीबाट ठुलो अत्याचार भयो प्रणय दिवसमा

परदेश बाटै भएपनी प्रेमील कुरा गर्ने रहर थियो
तर उनिबाट तिखा वचनको मार भयो प्रणय दिवसमा

सबै जोडीहरु प्रेम दिवस मनाई रमाएको देख्दा
मलाई मदिरा पिउन हतार भयो प्रणय दिवसमा

राजन ज्ञवाली

गजलकार / राजन ज्ञवाली

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । पश्चिमा संस्कृतिको रुपमा रहेको प्रणय दिवस पछिल्लो समय नेपाली युवा पुस्तामा समेत लोकपृय बन्न थालेको छ । प्रणय दिवससंगै बजारमा गुलावको कारोवार समेत बढ्न थालेको छ ।

रातो गुलावलाई प्रेमको प्रतिकको रुपमा मान्ने गरिन्छ । त्यसैले फ्रेब्रअरी ८ देखि १४ सम्म भनाइने भ्यालेन्टाइन डे अर्थात ‘प्रणय दिवस’मा प्रेम प्रस्ताव गर्ने तन्नेरीदेखि, आफ्नो प्रेम सम्बन्धलाई अजर, अमर र प्रगाढ बनाउन प्रेम–प्रेमिका तथा युगल जोडिहरुले समेत एक अर्कालाई गुलाव दिने प्रचल रहेको छ । त्यसैले प्रणय दिवसमा गुलावको कारोवार र खपत पनि बढी हुने गरेको छ ।

नेपालमा उत्पादित गुलावले बजार माग नधानेपछि प्रणय दिवसलाई लक्षित गरेर भारतबाट समेत गुलाव भित्र्याउने गरिएको छ ।

बजारमा अहिले एउटा गुलावको चालिसदेखि साठी रुपैयासम्ममा कारोवार भइरहेको छ । यस वर्ष प्रणय दिवसकै लागि १ लाख ५० हजार ‘स्टीम’ गुलाफ आयात गरिएको छ ।

Related Articles

Back to top button
Close