भिडियो

भ्यालेन्टाइन डे विशेष : धुर्मुस सुन्तलीको रोचक प्रेम कहानी [भिडियो ]

काठमाडौं ०२ फागुन / चर्चित लोकप्रिय हाँस्य टेलिसिरियल ‘मेरीबास्सै’मा ‘धुर्मस र सुन्तली’को भूमिका गरेपछि एकाएक चर्चामा आएका हुन्, सीताराम कट्टेल र कुञ्जना घिमिरे । ललितपुरकी कुञ्जना र झापाका सीतारामवीचको प्रेम-सम्बन्धका प्रसंग निक्कै रोचक छन् ।यतिबेला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यस्त रहेका धुर्मुस सुन्तलीले एक अन्तर्वार्तामा प्रेमदिवसको पुराना दिनहरुलाई सम्झिँदै रमाइलो किस्सा सेयर गरेका छन् । धुर्मुस सुन्तली अभिनित चलचित्र ‘सेन्टी भाइरस’ महाशिव रात्रीको अवसर पारेर फागुन ९ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

बिहे गरेपछि जतिबेला पनि प्रेम दिवस नै आउँदोरहेछ । हामी एकअर्काको साथमा नै भएकाले होला, यही दिनको प्रतिक्षा हुँदोरहेनछ । हाम्रा पालामा त भ्यालेन्टाइन यसरी उखपात रुपमै मानिसले मनाउँदैनथे । मलाई त लाग्छ, यतिबेला हामी भ्यालेन्टाइन डेको ब्रान्ड एम्ब्यासडर नै भैसकेका छौं । हामीले बिहे गर्नुभन्दा अगाडि एक बर्ष मात्र खतरनाक प्रेम गर्‍यौं ।धुर्मुस सुन्तलीको रमाइलो प्रेम कहानी भिडियोमा हेर्नुहोस् :

सम्बन्धित समाचार

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । पश्चिमा संस्कृतिको रुपमा रहेको प्रणय दिवस पछिल्लो समय नेपाली युवा पुस्तामा समेत लोकपृय बन्न थालेको छ । प्रणय दिवससंगै बजारमा गुलावको कारोवार समेत बढ्न थालेको छ ।रातो गुलावलाई प्रेमको प्रतिकको रुपमा मान्ने गरिन्छ । त्यसैले फ्रेब्रअरी ८ देखि १४ सम्म भनाइने भ्यालेन्टाइन डे अर्थात ‘प्रणय दिवस’मा प्रेम प्रस्ताव गर्ने तन्नेरीदेखि, आफ्नो प्रेम सम्बन्धलाई अजर, अमर र प्रगाढ बनाउन प्रेम–प्रेमिका तथा युगल जोडिहरुले समेत एक अर्कालाई गुलाव दिने प्रचल रहेको छ । त्यसैले प्रणय दिवसमा गुलावको कारोवार र खपत पनि बढी हुने गरेको छ ।नेपालमा उत्पादित गुलावले बजार माग नधानेपछि प्रणय दिवसलाई लक्षित गरेर भारतबाट समेत गुलाव भित्र्याउने गरिएको छ ।बजारमा अहिले एउटा गुलावको चालिसदेखि साठी रुपैयासम्ममा कारोवार भइरहेको छ । यस वर्ष प्रणय दिवसकै लागि १ लाख ५० हजार ‘स्टीम’ गुलाफ आयात गरिएको छ ।

आज फेब्रुअरी १४, अर्थात प्रणय दिवस। नेपाल लगायत विश्वभर एकआपसमा प्रेम साटासाट गरेर यो दिवस मनाईंदै छ ।आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गर्ने क्रम जारी छ ।अहिले भ्यालेन्टाइनकाको प्रसिद्धि युरोपमा मात्र सिमित नरहेर पछिल्लो समयमा विश्वभर नै फैलिएको छ । यसैको नमूनाको रुपमा नेपालमा पनि हरेक वर्षको १४ फेब्रुअरीका दिन भ्यालेन्टाइन डे मनाइईदै आइएको छ । विश्वव्यापी मान्यता पाएको भ्यालेन्टाइन डे ले नेपाली समाजमा समेत जरो गाडिसकेको छ ।

यसले नेपाली युवामाझ लोकप्रियता पाएको छ । प्रेमी प्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रूपमा लिइन्छ । यस दिन राखिएका प्रेम प्रस्तावलाईप्रेमी वा प्रेमीकाले सहजै इन्कार गर्न सक्दैनन भन्ने जनविश्वास छ । आजको दिनमा रोमियो जुलियट, लैला मझलु र सारजहा मुमताज जस्ता प्रसिद्ध प्रेमकहानीहरुलाई स्मरण गर्दै आफ्नो प्रेमकहानी पनि यस्तै दीगो र भविष्य उज्ज्वल रहोस् भनेर कामना गर्ने प्रचलन पनि रहेको छ ।

भ्यालेन्टाइन डेमा सबैभन्दा धेरै रातो रङको गुलाफ आदान प्रदान गर्ने चलन छ । यसलाई शान्ति, प्रेम, मनोभावना र क्षमताको प्रतीकको रुपमा लिइन्छ। फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो। गुलाबी गुलाफ मित्रता र मुटुको धड्कनको प्रतिक मानिन्छ ।नेपालको संस्कृतिभित्र नपरे पनि ‘मायासँग गाँसिएकोले यो दिवस मनाउनेहरुको जमात वर्षेनी नेपालमा बढ्दै गएको पाइन्छ । यो दिवस नयाँ प्रेम प्रस्ताव राख्ने दिनको रुपमा लिन्छन् हरेक युवायुवती । अझ् प्रेमी प्रेमीकाबीच मात्र नभई, आफन्तसँग माया साटासाट गर्ने दिनको रुपमा पनि लिने गर्छन् ।

(प्रेम दिवश अर्थात् भ्यालेन्टाईन डे को सुरुवात कहिले र कसरी भयो ।)

ईशापूर्व ३५० अघि इटलीका तत्कालिन शासक क्लाउडियसले प्रेमका पूजारी सन्त भ्यालेनटाईनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।क्लाउडियसले आफ्ना सैनिकहरुलाई प्रेम एवम् विवाह गर्न प्रतिबन्ध लगाएपछि पादरी भ्यलेनटाइनले क्लाउडियसको यो कदम विरुद्ध सैनिकहरुको लुकेर विवाह गराइदिएका थिए ।आफ्नो आदेश र चाहाना विपरित सैनिकहरुको विवाह गराइदिएको भन्दै भ्यलेनटाइनलाई फेब्रुरअरी १४ का दिन अर्थात आजकै दिन मृत्युदण्ड दिएका थियो। प्रेम र मानवताका अनुयाइ भ्यलेनटाइनले मृत्युवरण गरेको सम्झनामा हरेक फ्रेबुअरी १४ लाई भ्यलेनटाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिन्छ।

Related Articles

Back to top button