Tuesday, January 21

इरानले गर्यो अमेरिकी सेनाको हवाई अड्डामा मिसाइल आ क्रमण , मध्यपूर्वमा अब के होला ?

January 8, 2020 747

२३ पुस, काठमाडौं । इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आ क्रमण गरेको छ । अमेरिकी ड्रोन आ क्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मा रिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मि साइल आ क्रमण गरेको हो ।

अमेरिकाको रक्षा विभागले इरबिल र अल-असदका अलग-अलग सैन्य अखडामा इरानबाट मिसाइल आ क्रमण भएको पुष्टि गरेको छ ।पेन्टागनका अनुसार, मिसाइल आ क्रमणबाट अमेरिकी हवाई अड्डामा हता हती भएको छ या छैन भन्नेबारे प्रष्ट हुन बाँकी छ ।

इरानी सरकारी टेलिभिजनले इराकस्थित अमेरिकी सैन्य अखडामा इरानले आ क्रमण गरेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा आफ्ना सैन्य कमान्डरको ज्या न गए काले त्यसको बदलास्वरूप प्रति आ क्रमण गरिएको इरानी रिभोलुसनरी गार्डको भनाइ छ ।

उसले अमेरिकालाई सहयोग गर्दै आएकाहरुलाई पनि आ क्रमण गर्ने चेता वनी दिएको छ । इराकस्थित सैन्य क्याम्पहरुलाई स्थानीयले आवासलगायतका पूर्वाधारमा सहयोग गर्दै आएका छन् ।

आफ्ना सैन्य अखडामा भएको आ क्रमणबारे अहिलेसम्म ट्रम्पले धारणा सार्वजनिक गरिसकेका छैनन् । यद्यपि, हृवाइटहाउसले एक विज्ञप्ति जारी गर्दै इरानलाई कसरी जवाफ दिने भन्नेबारे परामर्श भइरहेको जनाएको छ ।

‘इराकमा रहेका अमेरिकी सेनामाथि भएको आ क्रमणको रिपोर्टले हामी सतर्क छौं । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घट नाबारे जानकारी गराएर राष्ट्रिय सुरक्षा समूहसँग परामर्श गरिरहेका छौं’, हृवाइट हाउसकी प्रवक्ता स्टेफनी गि्रसमले विज्ञप्ति जारी गर्दै भनेकी छन् ।

गत शुक्रबार बग्दादस्थित विमानस्थलमा अमेरिकाले गरेको ड्रोन आक्र मणमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीसहित ६ जना मारि एका थिए । घट नापछि इरान र अमेरिकाबीचको कटुता उत्कर्षमा पुगेको छ । इरानले आफ्ना सैन्य कमान्डरको ह त्या को बद ला लिने पूर्वघोषणा अनुरूप आ क्रमण थालेपछि मध्यपूर्व अशान्त बन्न लागेको भन्दै चिन्ता व्यक्त हुन थालेका छन् ।

प्रतिकृया दिनुहोस्