Thursday, February 27

काम नगर्ने निजामती कर्मचारी ब’र्खास्त गरेर अवसर नपाएर विदेशिएका दक्ष युवाहरू करारमा भर्ना गरौँ : सांसद पौडेल

January 20, 2020 154

राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा राष्ट्रिय सभाकी सांसद बिमला राई पौडेलले आफ्नो जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई ब’र्खास्त गरेर काम गर्ने कर्मचारी करारमा भर्ना गर्न माग गरेकी छिन् । सचिवालयको प्रशासन, सूचना सञ्चार, व्यवस्थापनमा एकदमै धेरै स’मस्या भएको सांसद पौडेलको भनाइ छ । पौडेलले अर्‍हाएको, लगाएको जिम्मेवारी पुरा नगर्ने अदक्ष कर्मचारी फा’ल्न सकिने व्यवस्था गरी असाध्यै दक्ष र काम गर्न सक्ने अवसर नपाएर विदेशिएका युवाहरूलाई नै करारमा राख्ने व्यवस्था गर्न सकिने बताएकी छिन् ।

बैठकमा सांसद पौडेलले संसद सचिवालयका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्दा सम्बन्धित समितिका सांसदहरूको सुझाव लिनुपर्ने परम्परा बसाल्न समेत माग गरिन् । उनले संसद सचिवालयमा निश्पक्ष तथ्याङ्क उपलब्ध गराउने इकाइको खाँचो रहेको धारणा समेत राखिन् ।

एक पटक लोकसेवा पास गरेपछि जीवनभर कामै नगरी जागिर खान पाउने व्यवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ । ‘प्रधानमन्त्री, मन्त्री बन्न पाँच पाँच वर्षमा जनतामा जानुपर्छ, खारिएर आउनुपर्छ’ पौडेलले भनिन्, ‘एक पटक लोकसेवा पास गरेको कर्मचारीलाई जिम्मेवारी पुरा गरेन भने पनि जागिरमा राखी रहने ?’

यो पनि पढ्नुहोस् चितवनमा राष्ट्रिय परिचयपत्र वितरण शुरु हुँदै

राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ ।

आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।

राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको महानिर्देशक जोशीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटीमा स्मार्ट परिचयपत्र आवश्यक रहेको बताउनुभयो ।

शहरलाई स्मार्ट बनाउँदा आफ्नो परिचयलाई पनि सोहीअनुसार गर्नु अवलम्बन गर्दै जिल्लावासीलाई यो परिचयपत्र बनाउने काममा सहयोग पु¥याउन आग्रह गर्नुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा रहेका छ लाख ७५ हजार जनतालाई परिचयपत्रको फारम भर्नका लागि १०२ दिन लाग्ने भएकाले सोहीअनुसारको व्यवस्थापन मिलाउन लागिएको जानकारी दिनुभयो ।

Loading...

प्रतिकृया दिनुहोस्