समाचार

नायिका वर्षा राउतको बिहेपछिको तीज (तस्बिर सहित)

अभिनेत्री वर्षा राउतका लागि यसपटकको तीज विशेष बन्यो । गतबर्षको फागुणमा बिहे गरेकी वर्षाले श्रीमतीकै रुपमा कसैको लागि पहिलो पटक ब्रत बसिन् । यसअघि प्रेमी संजोग कोइरालासँग प्रेममा रहँदा उनले उनका लागि ब्रत बसेकी थिइन् होला ।

तर, यसपटक भने उनको ब्रत श्रीमान् कोइरालाका लागि थियो । यसैले पनि वर्षा बिहानैदेखि रातो सारी, सिन्दुर र लामो पोतेमा सजिएकी थिइन् । वर्षा राउत अहिले फिल्म साइन नगरेर खाली छिन् । किनकी, उनले जात्रै जात्रामा काम गरेपछि नयाँ फिल्ममा काम गर्न सकेकी छैनन् ।

अब, आफ्ना लागि असफल फिल्म सहन नसक्ने भन्दै उनले नयाँ फिल्ममा काम नगरेकी हुन् । यसैले पनि उनले यसपटक श्रीमान्लाई तीजमा समय दिन भ्याइन् । नेपाली फिल्ममा धेरै अविवाहित अभिनेत्रीहरुले पनि तीजमा ब्रत बसेका थिए । रातो सारी उनीहरुले पनि लगाएका थिए । तर, वर्षाको रातो सारीमा सजिएको तस्वीर विशेष थियो । किनकी, बिहेपछिको उनको पहिलो तीज थियो ।

Related Articles

Back to top button
Close