भिडियोसमाचार

गौशालाको जङ्गलमा एक अन्तरजातीय जोडी मृ*त भेटिए, प्रत्यक्षदर्शीले खुलाए यस्तो कुरा (भिडियो)

खोटाङ दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइँ आज बिहान गौशालास्थित भण्डारखालको जङ्गलमा एक अन्तरजातीय जोडी मृ*त भेटिएका छन् । आज बिहान सँगै रुखमा झु*ण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक खेम राउतले जानकारी दिएका छन् ।

प्रहरी निरीक्षक राउतले चिकित्सक बोलाएरै घ*टनास्थलको प्रकृति मुचुल्का उठाई दुवै श*व परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको जानकारी दिए । उनीहरु दुवै जना खोटाङ कारागार बसेर निस्किएको बुझिएको छ । ‘दुवै पक्षको आफन्तको रोहवरमा सनाखत गरेर पोष्टमार्टमका लागि पठाइसकिएको छ’, सिंहले भने, ‘घटनास्थलबाट केही कागज पत्र र मोबाइल भेटिएका छन् ।’

बाँसबारीमा परिवारसँगै बस्दै आएका गिरी मजदूरी गर्दथे । आज बिहान उनकी श्रीमती र छोरा प्रहरीको सम्पर्कमा आएका थिए । गिरी सोमबार बेलुका पशुपति घुम्न जान्छु भनेर निस्किएको श्रीमतीको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक राउतले बताए । खोटाङ बस्दै आएकी दमाइँ काठमाडौँ आएको कारण भने खुलेको छैन । उनी काठमाडौँमा दिदी–भिनाजुकहाँ बसेको पाइएको प्रहरीले जनाएको छ । घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।

Related Articles

Back to top button
Close