समाचार

विद्यार्थी प*क्राउको विरोधमा चितवन मेडिकल कलेजका विद्यार्थीको प्रदर्शन

चितवन – चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी पक्राउको विरोधमा विद्यार्थीहरुले भरतपुरमा ¥यालीसहित प्रर्दशन गरेका छन। प्रहरीले चिकित्सा शिक्षा संर्घष समितिका अभियन्ता रहेका प्रविन स्याङ्तानलाई कोठाबाट नै पक्राउ गरेपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन् । प्रविन बिडिएस अन्तिम बर्षमा पढ्ने विद्यार्थी हुन् ।

चितवन मेडिकल कलेजको परिसरबाट सुरु भएको र्‍याली भरतपुरको चौविस कोठीबाट जिल्ला प्रहरी कार्यालय जान लाग्दा प्रहरीले रोकेपछि चौविस कोठीमा नै विद्यार्थीले प्रर्दशन गरेका थिए । उनीहरुले विनाकारण विद्यार्थी नेता प*क्राउ गरिएको भन्दै तत्काल रिहाई गर्न माग गरे । चितवन मेडिकल कलेजले तोकिएको भन्दा जथाभावी शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी नेतालाई प*क्राउ गरिनु लज्जास्पद भएको एक विद्यार्थीले बताए ।

उनीहरुले प*क्राउ गरिएका विद्यार्थी नछाडे आन्दोलनलाई चर्काउँदै लैजाने चेतावनी दिएका छन। चितवन मेडिकल कलेजले शुल्क तोकिएको भन्दा बढि लिएको भन्दै आन्दोलन गर्दै आएका छन। शिक्षा मन्त्रालयले समेत शुल्कका बारेमा छलफल गर्न बोलाएको सन्र्द भमा विद्यार्थी नेता पक्राउ गरिनु आपत्तिजनक भएको विप्लबका छोरा समेत रहेका विद्यार्थी नेता प्रकाश चन्दले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता एक नारायण कोइरालाले केही कुरा सोधपुछका लागि प्रविनलाई प*क्राउ गरिएको जानकारी दिए । उनी अहिले जिल्ला प्रहरी कार्यालयको हि रासतमा छन। चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले कलेजमा अध्ययनरत विद्यार्थी प*क्राउ परेको तर यसबारे आफूलाई धेरै कुरा थाहा नभएको प्रतिकृया दिए । उनले प*क्राउ परेका विद्यार्थी विप्लब नेतृत्वको नेकपाको सेक्रेटरी रहेका कारण प्र*क्राउ गरेको प्रहरीले प्रतिकृया दिएको बताए ।

Related Articles

Back to top button
Close