मनोरंजन

‘सक्किगोनी’का चर्चित हाँस्यकलाकार सितेबाको आज जन्मदिन, शुभकामना दिनेको ओइरो

काठमाडौँ । कलाकार मधुसुदन पाठक उर्फ सितेबाको आज जन्मदिन हो । बहुचर्चित हाँस्शृखला भद्रगोलबाट कलाकारिता यात्रा सुरु गरेका सितेबाले पछिल्लो समय सक्किगोनीमा छन् ।

जन्मदिनको अवसरमा सितेबालाई बिहानैदेखि शुभकामना दिनेको ओइरो नै लागेको छ । सक्किगोनी टीमको एक मुख्य सदस्य समेत रहेका मधुसुदनलाइ आफ्नो नाम भन्दा बढी क्यारेक्टर कोनाम बाट चिनिन्छन ।

सितेबा भन्ने क्यारेक्टर र क्यारेक्टर ले बोल्ने थेगो ए हो ठिकै छनी त ले प्राय दर्शकहरुको मुख मुखमा झुण्डीएरहेका कारण उनको चर्चा थप चुलिएको छ ।

मधुसुदन पाठक कलाकार बाहेक व्यापारी पनि हुन् र उनको काठमाडौमा धेरै व्यवसायहरु छन् । उनले रेस्टुरेण्टदेखि जिम खाना सम्मको ब्यापार संचालन गरेका छन् । उनको र्गानिक फार्म हाउस पछिल्लो समय चर्चामा रहेको छ ।

Related Articles

Back to top button
Close