समाचार

चितवन जिल्ला अदालतको आदेशविरुद्ध रवि लामिछाने उच्च अदालतमा , भोलि बहस-पैरवी हुने

मकवानपुर । हेटौंडाः टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले जिल्ला अदालत चितवनको आदेशवि*रुद्ध उच्च अदालत हेटौँडा पुगेका छन्। गत भाद्र ९ गते चितवन जिल्ला अदालतले गरेको आ*देश ब*दर गरि पाऊँ भन्दै उनले उच्च अदालत पाटन, हेटौंडा इ*जलाशमा निवेदन दर्ता गराएका छन् । पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या दु*रुत्साहन प्रकरणमा चितवन जिल्ला अदालतले उनीलाई ५ लाख र सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख ध*रौटीमा रि*हा गर्न आदेश दिएको थियो ।त्यो आ*देशमा आफूलाई चित्त नबुझेको भन्दै निवेदन रविले दर्ता गराएको अदालतले जनाएको छ ।

लामिछाने र कँडेलले भाद्र ९ गतेको चितवन जिल्ला अदालतको आदेश बे*रितको रहेको भनी फौ*जदारी कार्यविधि सं*हिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको आ*देश ब*दर गरि साधारण ता*रेखमा रही मु*द्दा पुर्प*क्ष गरि पाऊँ भनी निवेदन दर्ता गराएका हुन्। लामिछानेको निवेदन उपर भोलि उच्च अदालत पाटन, हेटौंडा इजलासले भोलि प्रारम्भिक सुनुवाई गर्ने लामिछानेको टोलीका एक सदस्यले जानकारी दिए। लामिछाने र कँडेलकोतर्फबाट अधिवक्ता राजेन्द्र सेढाईँले भोलि बहस-पैरवी गर्ने उनले बताए ।

Related Articles

Back to top button
Close